धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलेनियमित विमारीहरुको चेकजाँच दुई हप्ताका लागि बन्द गरेर आकस्मिक उपचारका लागि विशेष टिम बनाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरका अनुसार संभावित कोरोना संक्रममितको उपचारका लागि ‘फिभर क्लिनिक’ संचचालन गरेको छ । अन्य सामान्य विमारीका लागि प्रतिष्ठानले १५ वटा हट लाइनको व्यवस्थापन गरिएको छ ।
उनका अनुसार १२ वटा ओपिडीका लागि, २ वटा कोरोना शंका लागेका व्यक्तिको लागि र एउटा इमेरजेन्सी हटलाइन व्यवस्था गरिएको छ । ‘ओपिडी हटलाइनमा चिकित्सकहरुले फोनबाट विमारीलाई सल्लाहा दिने छन् ।
अस्पताल नै आउन परेको खण्डमा चिकित्सकहरुले छुट्टै बोलाएर उपचार गर्ने छन् ।’–डा.ऐरले भने । संक्रमितसँग अरुको भेटघाट नहोस् र संक्रमण थप नफैलिवस भनेर प्रतिष्ठानले यस्तो व्यवस्था गरेको हो । प्रतिष्ठानले प्रेसर सुगरलगायतका राेगकाे औषाधी सेवन गदैं आएका विमारीहरूलाई औषाधी थप गरेर केही समय घरमै बस्न आग्रह गरेकाे छ । आजदेिख सबै सामान्य विमारीका लागि सेवा बन्द गरेर काेराेनाका विमारीलाई उपचार गर्ने प्रवन्ध मिलाएकाे छ ।