धरान/ भारतको केरालोको एक अस्पतालले होम क्वारेन्टाइनमा बस्न रेफर गरेका व्यक्ति राती १२ प्रतिष्ठानको सम्पर्कमा आएका छन । उनलाई राती नै आइसोलेसन वर्डामा राखिएको प्रतिष्ठानका  अस्पताल सहायक निर्देशक डा. विकास साहले जानकारी दिए ।

उनकाे थ्रोट स्वाव टेष्टका लागि काठमाडौको टेकु अस्पताल पठाउने तयारी भइरहेका उनले जनाए । 

उनी रोजगारीका लागि भारतको केरेला बस्दैं आएका ३१ बर्षीय ती युवक सुनसरीकाे बराह गरपािलका महेन्द्रनगरका हुन । भारतीय अस्पतालले हाेम क्यारेन्टाइनमा बस्न भने पछि उनी भागेर नेपाल अाएकाे बताइएकाे छ ।ङर पुगेर स्वास्थ्य चौकीको सम्पर्कमा पुगेका थिए । उनको रेफर पेपरमा होम क्वारेन्टाइनमा बसन सल्लाहा दिएको पाइए पछि एम्बुलेन्समा राखेर हिजो रातीनै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको स्थानीय माधव तिम्सिनाले जानकारी दिए ।