Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • कोरोना भाइरस : विश्वभर पाँच हजार ५०० व्यक्तिको मृत्यु, १३५ भन्दा बढी मुलुक प्रभावित

कोरोना भाइरस : विश्वभर पाँच हजार ५०० व्यक्तिको मृत्यु, १३५ भन्दा बढी मुलुक प्रभावित आर्थिक मन्दीको ‘प्रवल सम्भावना

alt
  • चैत २, २०७६
  • रासस/ एएफपी
 
चीन / चीनमा गत वर्षको डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसको प्रभाव सुरूमा केही एशियाली मुलुकमा देखिए पनि पछिल्ला दिनहरूमा आइपुग्दा यूरोप हुँदै अमेरिकासम्म पुगेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण शनिबारसम्म पाँच हजार ५४७ व्यक्तिको मृत्यु भइसकेको छ ।
यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार १७६ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र मृत्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ । शनिबारसम्ममा कोरोना भाइरसको सङ्क्रमण १३५ भन्दा बढी मुलुकमा पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
चीनपछि बढी प्रभावित मानिएको इटली र इरानमा सङ्क्रमणका कारण क्रमशः एक हजार २६६ र ६११ व्यक्तिको मृत्यु भएको छ । केही समय पहिले चीनको वुहान सहर कोरोना भाइरसको केन्द्रविन्दु मानिएको थियो तर प्रभावितहरूको सङ्ख्या निकै वृद्धि भएपछि विश्व स्वास्थ्य संगठनले हालको अवस्थामा यूरोपलाई सङ्क्रमणको केन्द्रविन्दु मानेको छ ।
आर्थिक मन्दीको ‘प्रवल सम्भावना
यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ल कोरोना सङ्क्रमणको प्रभाव विश्वव्यापी बनेपछि यसका कारण छोटो समयका लागि आर्थिक मन्दी हुनसक्ने सम्भावनाहरू देखिएको बताएको छ । यूरोपेली आयोगले यस वर्ष कोरोनाको प्रभावका कारण विश्व अर्थतन्त्र र व्यापारिक गतिविधिमा व्यापक प्रभाव पर्ने प्रक्षेपण गरेको छ । संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका मुलुकले भाइरस सङ्क्रमणका कारण प्रभावित भएका व्यवसायिक वातावरणलाई उठाउनका लागि आवश्यकता अनुसार ऋण प्रवाह गर्ने बताइसकेका छन् । जर्मनीले भाइरस सङ्क्रमणका कारण प्रभावित बजारलाई उकास्नका लागि पाँच खर्ब ५० करोड यूरो कर्जाका रूपमा आफ्ना स्वदेशी कम्पनीहरूलाई प्रवाह गर्ने बताएको छ ।
यो पनि - कोरोना के हो ? कसरी सर्छ र बच्ने उपायहरू यो पनि - कोशी अस्पतालले बनायो सेनिटाइजर र मास्क यो पनि - स्पेनमा एकै दिनमा थप एक हजार ५ सय व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि  यो पनि - चीनमा भन्दा इटलीमा कोरोना संक्रमितको संख्या उच्च
सम्बन्धित समाचार
शृङ्खलाबद्ध चोरीले व्यवसायीमा त्रास

विराटनगर । विराटनगर–११ पिचराका जीवन कुमार बस्नेत र उनकी पत्नी कमलाको दैनिकी ...

भारतीय टमाटर नेपाली भान्सामा

धरान । टमाटर उत्पादनको मुख्य सिजन मानिने समयमै नेपाली बजार भारतीय टमाटरको भ ...

एनसेलको ‘युवा सिम’

काठमाडौँ । एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै ‘युवा सि ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
शृङ्खलाबद्ध चोरीले व्यवसायीमा त्रास
भारतीय टमाटर नेपाली भान्सामा
एनसेलको ‘युवा सिम’
बेरोजगारीको विकृत चित्र फेर्न आवश्यक
आजको राशिफलः २०८२ साल पुस २९ गते मङ्गलबार
एकसाथ ४३ जना लागूऔषध कारोबारी र प्रयोगकर्ता पक्राउ
एम्बुलेन्सबाट ४ सय ६० केजी गाँजा बरामद
कविताको अर्को रियालिटी सो सुरु हुँदै
विराटनगरमा ‘सुरक्षित चालक’ अभियान
‘निर्वाचन प्रहरी’ बन्न युवाको भीड
रहेनन् संविधानसभा सदस्य राई
मन्त्रीलाई धनकुटाका पत्रकारहरूको गुनासो
नेपाल बिजनेस कलेजमा नयाँ विद्यार्थीलाई स्वागत
गरिबीको गणित र राज्यको जिम्मेवारी
आजको राशिफलः २०८२ साल पुस २८ गते सोमबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved