इनरुवा/ कोशी नदीको समस्या नेपाल र भारत दुवै देशका नागरिकहरूका लागि बराबरी भएको भारत बिहार राज्य सुपौल जिल्ला स्थित भपटियाहीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
भारत भारत बिहार राज्य सुपौल जिल्ला स्थित भपटियाहीमा द एसिया फाउण्डेशन नइ दिल्लीको सहयोग र गोरखपुर एनवायरमेन्टलको आयोजनामा सम्पन्न भएको एक दिवसीय कोशी बहु उपयोगी ट्रान्स बाउन्ड्री सम्बन्धी सम्वाद कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन् ।
सप्तकोशी नदीमा आएको बाढीबाट अफूहरू प्रत्येक वर्ष पीडित हँुदै आएको भए पनि भारत सरकारले त्यो समस्या समाधान गर्नका लागि ठोस पहल नगरेको बिहार राज्य सुपौल जिल्ला कुनौलीका मुखिया सत्यनारायण रजकले बताए । सप्तकोशी नदीमा असार, श्रावण र भदौं महिनामा आएको बाढीका कारण आफूहरू वार्षिक रूपमा उठिबास हुने गरेका कारण सप्तकोशी नदीको समस्या समाधान गर्नका लागि दुवै देशको सकारले ठोस पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विहार राज्य सुपौल जिल्ला कुनैलीका पूर्व मुखिया लक्ष्मीप्रसाद साहले सप्तकोशी नदीमा वार्षिक रूपमा आउने बाढीका कारण कोशीको बाहिरी क्षेत्र र भित्रि क्षेत्रमा रहेको स्थानीयहरूको आर्थिक र भौतिक संरचनाको क्षति हुने गरेकाले त्यस तर्फ सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताए । कार्यक्रममा सुनसरी कोशी गाउँपालिकाकी चन्द्रकला नेपालले २०६५ साल भदौंमा आएको बाढीका कारण विस्थापित भएका आफूहरूको अवस्था पुरानो अवस्थामा फर्कन नसकेका कारण त्यसतर्फ नेपाल र भारत सरकरले सोच्न जरुरी भएको बताए ।
नेपालबाट आउने गरेको सप्तकोशी नदीको पानीका कारण आफूहरूले वार्षिक रूपमा समस्याको सामना गर्नुपरेको भारतीय कोशी क्षेत्रका स्थानीयहरूको मानसिकता भएकाले यसलाई चिर्न आवश्यक रहेको आइसेटकी रश्मी श्रेष्ठले बताए । भारतीय कोशी क्षेत्रमा बसोबास गर्ने भारतका स्थानीयहरूको मानसिकतामा नेपालबाटै आएका सप्तकोशी नदीको पानीका कारण समस्या हुने गरेको भएकाले त्यसलाई चिर्न र जनचेतना फैलाउन आवश्यक रहेको आइसेटकी श्रष्ठले बताए ।
कार्यक्रममा गोरखपुर एनवायरमेन्टल गोरख पुरका के. के. सिंह, कोशी बाढी पीडित सङ्घर्ष समितिका देवनारायण यादव, सामुदायिक सार्थीका कार्यकारी निर्देशक ताराबहादुर भण्डारी, नेपाल पत्रकार महासङ्घ सुनसरीका सदस्य अजितकुमार झा, कोशीबाट पीडित नेपालतर्फका गीता नेपाल, विकास नेपाललगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले कोशी पीडित र कोशी क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई सरकारले आफूले तयार पारेको योजना लागू नगरेर स्थानीय स्तरबाट आवश्यक हुने आयोजना लागू पर्नुपर्नेमा जोड दिएका थिए ।
सप्तकोशी नदीबाट पीडित भएकाहरूले भारत विहार राज्यको सुपौल जिल्ला स्थित भपटियाहीमा कार्यक्रम सम्पन्न भएपछि सामूहिक तस्बिर समेत खिचाएर एकता दर्शाएका थिए ।