बिर्तामोड । सताक्षी गोल्डकपको तेस्रो संस्करण अन्तर्गत सोमबार भएको खेलमा थ्रि स्टार विजयी भएको छ । थ्रि स्टारले फाइनल प्रवेशका लागि आयोजक सतासीधाम स्पोर्टिङ क्लबको सामना गर्नेछ ।
भर्खरै सम्पन्न लिगमा तेस्रो स्थान हासिल गर्न सफल मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै आयोजक सेमिफाइनल प्रवेश गरेका थियो । बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रि स्टार अन्तिम चारमा प्रवेश गरेको हो । खेलको सुरुवाती समयमै थ्रि स्टारले बेलबारीलाई दबाबमा राखेको थियो । खेलको नवौँ मिनेटमा थ्रि स्टारका सञ्जोग राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विपक्षीको हेडर फ्लिक भएको मौकामा उनले गोल गरेका हुन् ।
त्यसको पाँच मिनेटपछि सञ्जोगकै पासमा सुशील राईले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ५३ औँ मिनेटमा सञ्जोगको प्रहार बेलबारीका गोल किप्पर सनम राईले उत्कृष्ट बचाउ गरे पनि एक मिनेटपछि लालारामको पासमा सञ्जोगले एक गोल थप्दै टिमलाई ३–० को मजबुत स्कोरमा जीत सुनिश्चित गरे । भएको थियो । खेलका म्यान अफ दि म्याच थ्रि स्टारका दुई गोलकर्ता सञ्जोग राई घोषित भए ।
सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जे्लिङको एमएफसी सहभागी रहेको आयोजकका उपाध्यक्ष फुर्वा तामाङले जानकारी दिए । प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।
प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको बताइएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।
सताक्षी गोल्ड कप : थ्रि स्टारलाई सफलता
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































