रङ्गेली/ खेतीको लागि सिचाइ अपरिहार्य छ । सिचाई विना खेतीको कुनै औचित्य हुँदैन । राम्रो प्रतिफलको लागि सिचाइ अनिवार्य हुन्छ । किसानले सिचाइको अभावनमा लगानी अनुसारको प्रतिफल पाउन सकेका छैनन् ।

महँगो व्याजमा ऋण गरेर हिउँदे बाली लगाएका किसानहरू सिचाइको अभावमा चिन्तित छन् । उनीहरू राम्रो हिउदे बाली उत्पादनका लागि सिचाइ गर्न दिनहुँ नहर र कुलो हेर्न पुग्छन् जहदा–३ भाथिगछका शिवशंकर साह । नहरमा पानि नआएपछि निराश भएर फर्कनुपरेको साह बताउँछन् । सुनसरी–मोरङ सिचाइ आयोजनाले नहर मर्मत नगरिदिँदा किसानले सिचाइ गर्न नपाएको हुन् ।

विराटनगर महानगरपालिकासँग जोडिएको जहदा गाउँपालिका–३ भाथिगछका किसानहरू सिचाइलाई लिएर चिन्तित छन् । बजारको समस्या नभएकोले महँगै भए पनि ऋण गरेर हिउँदे (नगदे) बाली लागाएका किसानहरू फलसल बिग्रने चिन्तामा छन् । उनीहरूले स्थानीयसँग महँगो व्याजदरमा ऋण लिएर लगाएको हिउँदँ बालीमा सिचाइ अभावमा बिग्रने सम्भावना बढेको हो ।

सरकारले किसानहरूका लागि योजना बनाए पनि गाउँका वास्तिविक किसानसम्म योजना पुग्न सकेको छैन । यहाँका अधिकांश किसानहरू मकै, करेसाबारी, उखु, धान, गहुँ खेतीको भरमा जीवन चलाउँदै आएका छन् । विभिन्न हिउँदे बाली लगाएका उनीहरू सिचाइ नहुँदा लगानी नउठ्ने चिन्तामा छन् ।

सरकारले कुनै सहयोग नगरेको कृषक साहले गुनासो छ । रातदिन खेतीमै व्यस्त गाउँका किसानलाई तीनै तहको सरकारले नदेखेको साहको आरोप छ । कृषि जीविकोपार्जनको मुख्य पेशा बनाएका स्थानीयले सिचाइ अभावकै कारण चाहेजस्तो उत्पादन लिन नसकेको कृषक बुलन्दीदेवी साहले बताइन् ।

महँगो ब्याजमा ऋण लिएर खुर्सानी, तरकारी र मकै खेती लगाएकी छन् । सिचाइ अभावमा बाली नसप्रिँदा ऋण कसरी तिर्ने भन्दै चिन्तित बनिन् । उनले मल, बिउ, सिंचाइ,बाली बिमा र सस्तो व्याजको ऋण वास्तविक कृषकसम्म सरकारले पु¥याउन नसकेको बताइन् ।

जहदा गाउँपालिका–३ मा ५ हजार ६० हेक्टर जमिनमा सिचाइको सुविधा रहेको थियो । सुनसरी मोरङ सिचाइ आयोजनाले समयमा नहर मर्मत नगर्दा किसानले सिचाइ गर्न नपाएका हुन् ।

किसानको सिचाइ समस्यालाई स्थानीय स्तरमै समाधान खोजिने भएको छ । आगामी आर्थिक वर्षमा वडाकै बजेटबाट नहर मर्मत,जुडी खोलामा बाँध र बोरिङको व्यवस्था मिलाउने जहदा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनिलकुमार ठाकुरले बताए । किसानको सिचाइ समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।

सरकारले कृषि क्षेत्रलाई प्रथमिकतामा राखेर प्रशस्त अनुदान बाडेपनी वास्तविक किसानले त्यसको अनुभव गर्न पाएका छैनन् । कृिषबाटै जीवन निर्वाह गरिरहेका किसानसम्म सरकार पुग्न नसक्दा उनीहरू व्यवसायिक पनि बन्न सकेका छैनन् ।

मुलुक खाद्यान्नमा आत्मनिर्भर बन्न उत्पादन बढाउनुपर्छ । उत्पादन बढाउन सिचाइको महŒवपूर्ण स्थान हुन्छ । प्रत्येक किसानका जमिनसम्म सिचाइ पुग्न अपरिहार्य छ ।