अभिनेत्री आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठबीच फागुन अन्तिम साता बिहे गर्दैछन् ।

फिल्म बजारमा केही समय अघि देखि नै उनीहरु बीच बिहे हुन लागेको चलेपनि हाल आँचलले मिडियामै फागुन अन्तिममा बिहे गर्न लागेको सार्वजनिक गरेकी हुन् ।

आँचल र उदिपको बिहेका लागि उनीहरुका परिवारले पनि तयार थालेका छन् । ‘नाइँ नभन्नू ल ४’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी आँचलको मोडल तथा अभिनेता पल शाहसँग प्रेमसम्बन्धमा रहेको चर्चा चलेको थियो ।

तर आँचल र पलले भने आफूहरु प्रेममा रहेको कहिल्यै स्वीकारेका थिएनन् । यता आँचलले उदिपसँग एक वर्ष लामो प्रेमसम्बन्ध गाँसेपछि बिहे गर्न लागेकी हुन् ।