धरान । कोरोनोभाइरसका कारण चीनका केही क्षेत्र आक्रान्त बनिरहेपछि चिकित्सा क्षेत्रका कार्यरत हङकङका कर्मचारीहरुले हङकङ आउने बोर्डर सिल गर्न आग्रह गर्दै आन्दोलन शुरु गरेका छन् ।

उनीहरुले बोर्डर सिल गरेर नागरिक प्रवेशमा रोक लगाउनुपर्ने भन्दै आन्दोलन थालेका हुन् । जोखिम कम गर्नका लागि यो मात्रै एक उपाय हुन सक्ने भन्दै हङकङ सरकारसमक्ष माग गरेका छन् । ३ हजारभन्दा बढी सहभागी भएका चिकित्सकको टोलीले सोमबार आन्दोलन गरेका हुन् । तस्बिर अलजजीरा डटकमबाट लिइएकाे हाे ।