कालाबञ्जार । थारु जागरण अभियान सुनसरीले थारु डान्स स्टारको दोस्रो संस्करण गर्ने भएको छ ।
थारुहरूको पहिचान, संस्कृति झल्काउने उद्देश्यले कार्यक्रम गर्न लागेको बुधबार पत्रकार सम्ेमलन गरी जनाइयो । प्रदेश एकको विभिन्न स्थानमा मङ्सीरबाट अडिसन लिइने संस्थाकी अध्यक्ष तारादेवी चौधरीले बताइन् ।
अडिशनका लागि सुनसरी जिल्लाभरिका विभिन्न शहर इटहरी, खनार, इनरुवा, दुहवी, वराहक्षेत्रलगायतको शहरमा अडिशन गरिने थारु जागरण अभियान सुनसरीका निर्देशक निशान प्रकृति थारुले जानकारी दिएका छन् । विजेताले नगद एकलाख र उपविजेतालाई ५० हजार रुपैयाँसहित नटराज ट्रफी पाउनेछन् । त्यस्तै तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ ।
थारू डान्स स्टार दोस्रो हुँदै
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































