धरान / मजदु्र नेता तथा औजार दैनिकका अध्यक्ष मोतिराज सुनुवारको लोक भाका  ’बाटोमा भेट भयो’ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

हिजो १ नं प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले उक्त भिडियोको  सार्वजनिक गरेका थिए । भेडेटार, राजारानीलषयत स्थानमा छायाङकन गरिएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रदेश सांसद सावित्रि जोशी श्रेष्ठ, विना राई, चलचित्र निर्देशक अरुण प्रधान, म्युजिक भिडियाको निर्देशक नगेन्द्र राईलगायतको उपस्थिति रहेको थियो ।
यसअघि उनले सुनमाया बोलको गीत सार्वजनिक गरेका थिए । रहरले गीत गुनगुनाउने सुनुवारले दुई वटा गीत बजारमा ल्याएका छन् । दोस्रो गीतमा उनलाई गोमा कुलुङले गायनमा साथ दिएकी छिन् । यस्तै, कोरसमा गायिका प्रिया लामा, बिनु राई, रणध्वज लोहार र दिपेश राईले पनि साथ दिएका छन् ।

म्युजिक भिडियोमा गायक सुनुवारसँगै सविना भट्टराईले अभिनय गरेका छन् । मणि राई र दिपिका सुनुवार(लिम्बु)ले नृत्य गरेका छन् । म्युजिक भिडियो निर्देशन नगेन्द्र राईले गरे भने  शब्द स‌याेजन मनोज मोतेकै रहेकाे छ ।