गायक उदितनारायण झाले नेवारी भाषामा गीत गाएका छन् । हिन्दी, नेपाली र भोजपुरी गीतमा स्वर दिइसकेका उनले हालै नेवारी भाषाको गीत पनि गाएका हुन् ।

‘छंगु जिगु माया रतन’ नामक नेवारी भाषाकै फिल्मको गीतमा उदित र उनकी श्रीमती दीपा झाले स्वर दिएका छन् । गीतको रेकर्डिङ भने भारतको मुम्बईमा गरिएको हो ।

नील शाक्यको सङ्गीतमा भूपेन्द्र बज्राचार्यले यसमा सङ्गीत संयोजन गरेका हुन् । उदितले यसअघि नै ३५ भाषामा गीत गाइसकेका छन् । यो उनको ३६ औं भाषामा गीत रेकर्डिङ भएको हो ।