श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं.२०७६ साल आश्विन २७ गते सोमबार, १४ अक्टोबर २०१९ । कार्तिक कृष्णपक्षको प्रतिपदा तिथि २३ः५८ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र रेवती १०ः५०, उप्रान्त अश्विनी । चन्द्रमाराशि मीन, सूर्योदय ६ः०३ र सूर्यास्त ५ः३५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कार्य क्षेत्रमा सफलता मिल्ला । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । सेवामूलक काममा सक्रिय भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मातृपक्षको विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण होला । पारिवारिक जीवनमा खुशीयाली छाउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्मकर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभकार्यको चर्चा चल्नेछ । नसोचेको ठा“उबाट धनको आगमन हुनेछ । मायाप्रेमको सम्बन्ध विस्तार होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचारले मन प्रसन्न रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्य खालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । शरीर अस्वस्थ रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । लाभदायक यात्रा हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । लाभदायी यात्रामा सरिक भइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिबाट उचित सहयोग प्राप्त भइरहला । दिन उत्तम रहेकोछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्यखालको छ । आफ्नो भन्दा अरूको काममा बढी समय दिनुपर्ला । शरीर अस्वस्थ रहला ।