सुनसरी / इटहरीको तरहरामा रहेको किड्स ह्याप्पी होममा अध्यययनरत विद्यार्थीहरुको लागि स्वीजरल्याण्डबाट विषय विज्ञको सहभागितामा सिकाई गराएको छ ।

स्वीस कन्ताकबाट बालकालिका सम्वन्धी अध्यापन गराई लामो समयको अनुभव रहेकी फ्रेन्सिकाले विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको मान्यताका आधारमा एक महिना सहजिकरण गरेकी हुन् । स्कुलकी प्रिन्सिपल रिता भूषालका अनुसार उनले एक महिनाको अवधिमा विभिन्न खालका वोर्ड सप, समिनार गराई विश्वका नयाँ प्रविधिको प्रयोगबाट विद्यार्थीहरुलाई सिकाई गराएकी छिन् ।

विद्यालयमा आगामी दिनमा पनि हरेक वर्ष नयाँ नयाँ विषय विज्ञ झिकाई नयाँ प्रविधिका बारेमा जानकारी गराउने उदेश्य रहेको भूषालले बताइन् । तरहरमा किड्स ह्याप्पी होम ७ वर्षदेखि मन्टेश्वरी पद्धतिबाट अध्यापन गराउँदै आएको विद्यालय हो । जसले नयाँ प्रविधिलाई अपनाई नयाँ नयाँ तरिका अपनाई विद्यर्थीलाई ज्ञान प्रदान गरिने उनले बताइन् ।