धनकुटा/ प्रतिकुल मौसमलाई सामना गर्दै शनिबार राति अबेर सम्पन्न मिस तामाङ १ नम्वर प्रदेशको ताज धनकुटा हिलेकी प्रजिता योन्जन तामाङले पहिरिएकी छन ।
नेपाल तामाङ घेदुङ नगर समिति उर्लाबारी मोरङको आयोजना तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको सह–आयोजनामा हिलेको खेल मैदानमा सम्पन्न भएको ग्राण्ड फिनालेको अन्तिम पाँचमा पर्न सफल प्रजिताले मुख्य निर्णायकको प्रश्नोत्तरमा उत्कृष्ट हुँदै १ नम्वर प्रदेश कै ताज पहिरिएकी हुन ।
उनी धनकुटा हिलेकी प्रतिस्पर्र्धी हुन । ग्राण्ड फिनालेमा सहभागी विभिन्न जिल्लाका १३ प्रतिस्पर्र्धीलाई पछि पार्दै उनले मिस तामाङको ताज पहिरन सफल भएकी हुन । उनले व्यक्तिगत विधातर्फ पनि तीन वटा पुरस्कार जीत्न सफल भईन । मिस तामाङको उपाधिसँगै यामहा कम्पनीको एक थान स्कुटी, नगद २५ हजार र विभिन्न शैक्षिक संस्थाको छात्रवृत्तिसँगै गिफ्ट ह्याम्पर पनि पाइन ।
मिस तामाङको फस्ट रनरअपमा धरानकी सुष्मा तामाङ घोषित भइन । उनले नगद १ लाख सहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर पाइन । त्यस्तै, गरी इलामकी मिना तामाङले सेकेण्ड रनरअप हुँदै नगद ५० हजार सहित आकर्षक गिफ्ट ह्याम्पर पाइन ।
विजेताहरुलाई मिस तामाङ १ नम्वर प्रदेश ग्रान्ड फिनाले कार्यक्रमका प्रमुख अतिथि पूर्व कानुन मन्त्री तथा सांसद शेरबहादुर तामाङ, सांसद नविना लामा, धनकुटा नगरपालिकाका मेयर चिन्तन थिङ तामाङ, युवा व्यवसायी फुर्वा लामा, मनोज बुढाथोकी, रमेश चौधरी, तुल श्रेष्ठ, डा.रामबाबु गिरी, हेयर स्टाइलिस्ट निल डेविड कटुवाल,उर्लाबारी घेदुङका अध्यक्ष राजु घिसिङ, धनकुटा घेदुङका अध्यक्ष विष्णुबहादुर मोक्तान, उधोग वाणिज्य महासंघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, धनपा वडा नं.१ का वडाध्यक्ष निरेन तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमको उद्धघाटन सत्रमा पुर्व कानुन् मन्त्रि शेरवहादुर तामाङ, संघिय सांसद राजेन्द्र कुमार राई, संघिय सांसद नविना लामा, प्रदेश सांसद निरन राई, इन्द्रमणी पराजुली, कुसुम कुमारी श्रेष्ठ,नगर प्रमुख चिन्तन तामाङ, धनकुटा न.पा. वडा नं.१ का वडाध्यक्ष निरेन तामाङ लगायतले मिस तामाङ १ नम्वर प्रदेश स्तरिय ग्रान्ड फिनालेको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उद्धघाटन सत्रमा ताम्वा संघ धनकुटाका कलाकारहरु हरीलाल मोक्तान, गंगावहादुर तितुङ, सविला मोक्तान, दिलवहादुर घिसिङ लगायतले डम्फु सेलोवाट स्वागत एवं साङ्गसेर्गेम गरेका थिए । कार्यक्रमको संचालन जिल्ला घेदुङ धनकुटाका सचिव फुर्वा घिसिङले गरेका थिए ।
































