धरान / गत वैशाख ३१ गते यता धरान उपमहानगर क्षेत्रमा डेंगुको सक्रमण देखिएको थियो । डेंगु नियन्त्रणका नाममा करिब ३० लाख बजेट खर्च भइसकेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख रामबाबु यादवले जानकारी दिए छन् । ३० लाख बजेट खर्च गर्दा पनि डेंगुको संञmमणमा विसको उन्नासई भएको छैन् । झन १० र ११ नं. वडामा संक्रमणले विकराल रुप लिएको स्थानीयले बताएका छन् ।
यादवका अनुसार जनचेतना, पर्चा, औषधि खरिद, चारवटा फगिङ मेसिन खरिदलगायतका लागि ३० लाख खर्च भइसकेको छ । ‘लगानी पनि धेरै भइसेको छ । । धरान उपमहानगर लागि पनि रहेको छ । तर के नमिले के नमिले डेंगु नियन्त्रण भएन ।’–स्वास्थ्य महाशाखा प्रमुख यादव भन्छन् । धरानवासी आफै सचेत नभएकाले डेंगु नियन्त्रणमा आउन नसकेको उनको दापी छ । डेंगु नियन्त्रणका लागि घरघरमा राखिएका गमलाको पानी फेर्नुपर्ने, बाल्टिनमा जमाएको पानी पोख्नुपर्ने, खानेपानी छोपेर राख्नुपर्ने यादव सुझाउछन् ।
२०४२ लाई डेंगु संक्रमण
धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार २ हजार ४२ लाई डेंगु भएको तथ्याङ्क छ । तर धरानका दुई दर्जन निजी स्वास्थ्य संस्थाद्वारा संचालित ल्याबको तथ्याङक भने उच्च छ । धरानमा झण्डै ४ हजार डेंगुका संक्रमित भेटिएको छ । दैनिक ल्याव टेष्ट गर्नेहरु भीड हुने गरेको छ ।
‘धरानमा डेंगु नियन्त्रणमा आएको छैन् । यो मौसम झन डेंगुको संक्रमणको मौसम हो । सम्बन्धित निकाय अझै गम्भीर हुनु पर्छ ।’–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. अरुणकुमार सिंहले भने ।
एक सातासम्मको निरन्तरको बर्षाको कारण अझ धेरै डेंगु संक्रमित देखा पर्छन । घर वरीपरि पानी जमेको हुन्छ । पानी परे पछिको अवस्था डेंगुको संक्रमणको खतरा अवस्था भएको उनको भनाई छ ।
धरानमा डेंगु संक्रमणदर उच्च भएको भन्दै धरान उपमहानगरपालिकाको वडानं १५ र ८ लाई डेंगु जोखिम क्षेत्र घोषणा गरेको थियो । असारको पहिलो सातासम्म घर घर पुगेर जनचेतना फैलाउने काम पनि भयो । तर हाल भने जनचेतनाका कुनै काम नहुदा धरानमा डेंगुको सत्रंmमितको दर उच्च भएको छ । एउटै घरमा सात जनासम्म विमारी परेका स्थानीय बताउछन् ।
कार्ययोजना बन्यो तर कामको प्रतिफल आएन
प्रदेश १ सरकारले असार १ गते बैठक बसेर क्षेत्रीय संस्थ्य निर्देशनालयलाई एक हप्ते कार्ययोजना बनाउन निर्देशन दिएको थियो । असार २ गते आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको उपस्थितिमा धरानमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख भोगेन्द्र डोटेलले एक हप्ते कार्य योजना सार्वजनिक गरे । उक्त कार्य योजना अनुसारको के काम भयो भन्ने हालसम्म सार्वजनिक गरिएको छैन् । प्रदेश सरकारको कार्ययोजना योजनामै सिमित भएको छ । प्रदेश सरकारले डेंगु संक्रमित क्षेत्रका लागि भनेर ८० लाख बजेट दिने घोषणासमेत गरेको थियो तर उक्त बजेट हालसम्म नआएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख यादवले बताए ।
निजी अस्पतालमा डेंगुको नाममा लुटधन्दा
प्रतिष्ठानमा डेंगु परीक्षण गर्ने किटको अभाव भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा १ सय १० रुपैयाँको पूर्जी काटेर डेंगु परिक्षण गर्न सक्ने भए पनि बाहिर मेडिकलहरुले संचालन गरेको निजी क्लिनिकमा १५ सय रुपैयाँ देखि २ हजार रुपैयाँसम्म तिरेर डेंगु परीक्षण गरिरहेका छन् । डेंगुको संका लागेर धरानस्थित विजयपुर अस्पतालमा जचाउन पुगेकी धरान–१६ की शरु बस्नेतलाई ल्याव टेष्ट गर्न २९ सय लिएको उनले बताइन । डेंगु पोजेटिम देखिए पछि चिकित्सकले डेंगुको उपचारका लागि भनेर ५ हजारको औषधी लेखि दिएको उनले गुनासो गरिन ।
ंयता प्रतिष्ठानका चिकित्सक तथा ¥यापिड रेस्पोन्स टिमका संयोजक डा. विजय खनाल भने डेंगुको लागि कुनै औषधी आवश्यक नपर्ने बताए । डेंगुको कुनै औषधी नभएको उनले बताए । खानपान सफाईमा ध्यान पु¥याए आफै निको हुने डा. विजय बताउछन् ।
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु परिक्षण गर्ने किट सकिएकोले एक नम्बर स्वास्थ्य निर्देशानलय विराटनगरमा माग गरिसकिएको प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहले जानकारी दिए ।
डेंगु टेष्टका लागि ६०० शुल्क निर्धारण
डेंगु टेष्टका नाममा नीजी क्लिनिकमा जताभावी शुल्क लिएको गुनासो आए पछि उपमहानगरले सबै क्लिनिकहरुलाई ६ सय भन्दा बढि शुल्क नलिन आग्रह गरेको छ । आज नीजी अस्पतालका संचालकहरुको भेला बोलाइएको स्वास्थ्य महाशाखा प्रमुख यादवले बताए ।