धरान / धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख, चिकित्सकहरु समावेस भएको ¥यापिड रेस्पोन्स टिमले डेंगुको बासस्थान, अण्डा, लार्भा र प्युपा नस्ट गर्न जनपरिचालन गर्नु पर्ने भन्दै पटक पटक बैठक बसेको तीन दिन भयो । तर जनपरिचालन अझै नभएपछि धरानबासी महामारी पर्खेर बसे जस्तो भएको छ ।
चिकित्सकहरुको टोली नै रहेको ¥यापिड रेस्पोन्स टिमले कार्यवाहक प्रमुख मन्जु भण्डारी, स्वास्थ्य शाखा प्रमुख रामबाबु यादव र जनप्रतिनिधिहरुलाई जनपरिचालन गरेरमात्र धरानमा डेंगु नियन्त्रण गर्न सकिने सुझाव दिए पनि भेउ नपाएजस्तै जन परिचालनका लागि ‘जिलिगांठी’ मा अल्झेकाले महामारीको पर्खाइमा बसेको जस्तो देखिएको हो ।
डेंगु संक्रमितहरुको संख्या मंगलबार मात्र ३१ जना नया संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहका अनुसार अपरान्ह ५ बजेसम्ममा थपिएकासहित १ सय ७६ जना पुगेका छन् । गत बैशाख ३१ गतेदेखि जेठ २१ सम्म वीपी प्रतिष्ठानमा उपचार गर्न आएका ४ सय ४२ जनाको रगत परीक्षण गर्दा १ सय ७६ जनामा डेंगुको भाइरस पाइएको हो । उनीहरु सवै धरान भित्रका हुन् ।
उपमहानगरपालिकाका कार्यवाह प्रमुख मन्जु भण्डारीले जन परिचालन गर्ने निर्णय गरेपनि नगरभरीका २० वडाध्यक्ष र ८० वडासदस्य, स्वयम् सेविकाहरु, स्थानीय तीनसय बढी संघसंस्था, टोल विकास समिति, जातीय संघसंस्था, विद्यालयका विद्यार्थी, अभिभावकहरुलाई परिचालन गर्ने भनिए पछि भएको छेन् । उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबाबु यादवले सबैलाई पत्र पठाइएको र भोलीदेखि परिचालित हुने बताएका छन् ।
¥यापिड रेस्पोन्स टिमका एक चिकित्सकले भने, ‘विन्दास धरानबासीले डेंगुको महामारी पर्खेको हो कि जनपरिचालन गर्न अलमलिएको हो थाहा पाउनै सकिएन ।’ चिकित्सकहरुले डेंगु संक्रमितको संख्या बढेसंगै मनसुन सुरु भएपछि महामारी नै फैलिन सक्ने हुनसक्ने चेतावनी दिएका छन् । त्यसबेला झन नियन्त्रण गर्न गाह्रो हुने प्रतिष्ठानका स्कुल अफ पव्लिक हेल्थ तथा कम्यूनिटि मेडिसिनका एसोसिएट प्रोफेसरसमेत रहेका डेंगु नियन्त्रणकालागि गठित ¥यापिड रेस्पोन्स टिमका संयोजक डा विजय कुमार खनालले बताए । उनले भने, ‘पुर्णरुपमा सुरु हुने मनसुनको बर्षा भएर फेरि एक साता पानी पर्न रोकिएको खण्डमा महामारी हुनसक्छ । यसैले आजै भोलि जनपरिचालन गरेर लामखुट्टेको अण्डा, लार्भा नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी र अन्तिम विकल्प हो ।’
इपिडियोलोजीको ट्रेण्ड अनुसार मनसुन पछि मात्र देखिनुपर्ने डेंगु धरानमा भने प्रि मनुसनमा नै देखिएपछि चिन्ताको बिषय बनेको डा खनालले बताए । धरानमा डेंगु संक्रमित ८५ जनापुगेपछिमात्र गत सोमबार आएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा.समीरकुमार अधिकारीले धरानको अवस्था बुझेर फर्केका थिए ।
डा लोहनी र डा अधिकारीसंग वीपी प्रतिष्ठानका पदाधिकारी तथा रेस्पोन्स टिम, उमहानगरपालिकावीच भएको छलफलमा पनि वृहत जनपरिचालन गरेर लामखुट्टेको अण्डा, लार्भा नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय रहेको निष्कर्ष निकालिएको थियो । निष्कर्षमात्र निकाल्ने तर जनपरिचालन गर्न अलमलिएको हो कि जनप्रनिनिधि र स्थानीय संघसस्थाले चासो नदिएको हो बुझ्न नसकिएको ¥यापिड रेस्पोन्स टिमका सदस्यले बताए ।