धरान / धरानमा दैनिक डेंगुका संक्रामितहरु बढे पछि सुनसरी क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य जयकुमार राईले चासो देखाएका छन् । मंगलबारसम्ममा १४ सय व्यक्तिको रगत परीक्षण गर्दा ४५७ संक्रामितहरु देखिएको प्रतिष्ठानले जनाएको छ । सोमबार ३६८ जना संक्रामित थिए । एक दिनमा ८९ जना विमारी थपिएका हुन ।
मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी अस्पताल प्रशासन, विज्ञ चिकित्सकहरुसँग छलफल भएको थियो ।
छलफलमा प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार, अस्पताल निर्देशक डा. गौरीशंकर साह, सहायक अस्पताल निर्देशक विकास साह, ¥यापिड रेस्पोन्स टिमका संयोजक डा. विजयकुमार खनाल, डा. नारायण भट्टराई, सांसद राई, नेकपाका सुनसरी सचिव रमेश बस्नेत, जिल्ला सदस्य भीम ज्वाला राई, १८ नं. वडा अध्यक्ष प्रविणकुमार राईलगायतको उपस्थित रहेको थियो ।
प्रतिष्ठानमा डेंगु सम्बन्धिका विज्ञ चिकित्सक भएकाले उपचारमा कुनै समस्या नभएको उपकुलपति प्राडा. राजकुमार रौनियराले जानकारी गराए । डेंगु कुन प्रकारको हो भनेर टेष्ट गर्ने मेसिन नेपालमा छैन् । तर धरानमा फैलिएको डेंगुको सेरोटाइपिङ(प्रकार) छुट्याउने मेसिन सहयोगका लागि अस्पतालको पहलमा अमेरिकाको एक युनिभरसिटीलाई पत्रचार गरिएको प्रतिष्ठानले जनाएको छ ।
डेंगुको जिवाणु पत्ता लगाउन ल्याव टेष्टका लागि किट कम आउने गरेको भन्र्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई सांसद राईले यस अघि नै प्रयाप्त किट पठाउन र आवश्क किट रिजर्भ राख्न सुझाएको सांसद राईले जानकारी दिए ।
अस्पताल सहायक निर्देशक डा. विकास साहका अनुसार धरानमा २०७३ मा १३ जना, २०७४ मा १२ जना, २०७५ मा ११ जना र २०७६ मा हालसम्म ४५७ जना संक्रामित भएको एक तथ्याङ्कले देखाएको भन्दैं उपमहानगरमा डेंगुको महामारी घोषणा गर्न आग्रह गरिएको छ ।