धरान / महामारी फैलिएयता २५ दिनमा धरानमा २ सय ८१ जनाको रगतमा डेंगुको पोजेटिभ भेटिएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा रगत जचाउन पुगेका ८ सय ५२ जनाको ल्याव टेस्ट गर्दा २ सय ८१ जनाको रगतमा डेंगु टु टाइपको भाइसर पाइएको हो ।
प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा विकास साहले डेंगुका विरामी अझै आइरहेको बताए । उनले शनिबार नै थप नया १५ जना विरामी भर्ना भएको पनि बताए । उनकाअनुसार प्रतिष्ठानले डेंगु संक्रमितको उपचार सेवा निशूल्क उपलव्ध गराउदै आएको छ ।
यसैवीच डेंगुको महामारी नियन्त्रण गर्र्न दुइसाता अघि गठित चिकित्सकसहितको ¥यापिड रेस्पोन्सट टिमले धरानको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै वीपी प्रतिष्ठानमा एमविविएस पास भएर इन्टर्न गरिरहेका चिकितसक र चिकित्साशास्त्रका विद्यार्थीलाई परिचालन गर्ने भएको छ ।
¥यापिड रेस्पोन्स टिमका संयाजक डा विजयकुमार खनालले भने, ‘धरानमा महामारी फैलिएयता स्थानीय समुदाय विस्तारै स्वस्फुर्तरुपमा विभिन्न वडामा परिचालित भइरहेका छन् । उनीहरुको विभिन्न समुहलाई सपोर्ट गर्न सर्च एण्ड डेस्ट्रोय अभियानलाई तिव्रता दिनकालागि इन्र्टन र चिकित्शासास्त्रका विद्यार्थी परिचालन गर्ने निर्णमा पुगेका हौं ।’
धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले डेंगुको महामारी फैलिएपछि चिकित्सकसहितको ¥यापिड रेस्पोन्सट टिम र जनप्रतिनिधि र स्थानीय संघसंस्थाले सर्च एण्ड डेस्ट्रोय अभियान जारी राखेको बताए । यसअधि धरान उपमहानगरपालिकाले वडा ८ र १५ वडालाई स्वास्थ्य संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । डेंगुका अण्डा, लार्भा र प्यूपा नस्ट गर्न स्थानीय बासिन्दाहरु, टोलविकास समितिका सदस्यहरु घर तथा चोक गल्लीमा पानीले भरिएका सिसा र प्लाष्टिकका बोतलका पानी फाल्ने, विर्को नलगाईका ड्रम र ट्यांकीका पानी फाल्ने, स्वास्थ्य जनचेतना दिदै पर्चा पम्प्लेट वितरण गर्नेकार्यलाई तिव्रता दिएका छन् ।
वीपी प्रतिष्ठानका माइक्रोबायोलोजी विभागका एडिशनल प्रोफेशर डा नारायण भट्टराईले धरानमा फैलिएको महामारी डेंगु टु टाइप रहेको बताए । उनकाअनुसार डेंगु वन संक्रमण भएको व्यक्तिलाई डेंगु टु वा डेंगु थ्री भाइरस संक्रमण भए खतरा हुने तर टाइप थ्री व टाइप फोर भाइरसको संक्रमण भएमा खतरा हुने बताए । उनकाअनुसार जुन भाइरसबाट संक्रमण भएको सोही भाइरसले फेरि संक्रमण गरेमा भने खतरा हुदैन ।
नियन्त्रणका लागि सबै संयन्त्रणहरु परिचालिन भएकाले धरानवासीलाई संयम हुन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आग्रह गरेका छन् । शुक्रबार सभामुख प्रदिपकुमार भण्डारी र मन्त्री घिमिरेले स्थलगत निरिक्षण तथा जनचेतना कार्यक्रमको अनुगमन गरेका थिए । उनीहरुले प्रतिष्ठानमा रहेका विमाीहरु समेत भेटेको धरान उपमहानगरका स्वास्थय महाशाखा प्रमुख रामबाबु यादवले बताए डेंगुको विमारीहरुलाई छुट्ै उपचारको व्यवस्थापन गर्न प्रतिष्ठान प्रशासनलाई निर्देनृशन समेत दिएका थिए । मन्त्रालयबाट तत्काल दुईवटा भेन्टिलेटर उपलब्द गराउन प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख भोगेन्द्र डोडेललाई निर्देशन समेत दिएका छन् । प्रतिष्ठानमा भेन्टिलटरको अभावमा विमारीलाई अन्यत्र रेफर गर्नु परे पछि प्रदेश सरकारले दुई वटा भेन्टिलेटर व्यवस्था गर्न लागेको हो ।