चर्चित बलिउड अभिनेता अजय देवगनले पिता गुमाएका छन् । उनका पिता वीरू देवगनको ह्रदयघातका कारण ज्यान गएको हो । सोमबार बिहान सांताक्रुजस्थित सूर्या अस्पतालमा ७७ वर्षका विरुको निधन भएको हो ।
अजय देवगनका पिता विरु देवगनको अन्तिम संस्कार सोमबार बेलुका मुम्बईस्थित शाम विले पार्लेस्थित घाटमा गरियो । उनको अन्तिम यात्रा अजयको जुहुस्थित घरबाट निकालिएको थियो ।
विरुको अन्तिम यात्रामा अनितेता अनिल कपुर, सुनिल शेट्टी, संजय दत्त, सनी, बबी देओल, शाहरुख खान, अभिषेक, ऐश्वर्या बच्चन, अर्जुन कपुर, तुषार कपुर, विन्दु दारा सिंह, रंजित, राजा मुराद, बोनी कपुर, सतिश कौशिक, राजकुमार गुप्ता र अनिस बज्मीसमेत विभिन्न सेलिब्रिटीको उपस्थिती रह्यो ।
एजेन्सी
































