अहिले फ्रान्सको पेरिसमा कान्स फिल्म फेस्टिवल भइरहेको छ । विश्वका सेलिब्रेटीहरू कान्समा उपस्थित छन् ।
पहिलो पटक कान्समा सहभागी बन्न पुगेकी नेपालकी प्रियङ्का कार्कीले बलिउडका प्रियङ्का चोपडा र दीपिका पादुकोणकै नक्कल गरेर लुगा लगाएको र उस्तै पोजमा फोटो खिचाएको भन्दै उनको चर्चा छ ।
कान्समा पुगेकी अमेरिकी नायिका एले फानिङ भने टाइट लुगा लगाउँदा बेहोस भइन् । उनको पनि अहिले चर्चा छ । एले कोपार्ड ट्रफी डिनर पार्टीमा पुगेकी थिइन् । उनी कार्यक्रमको बीचैमा बेहोस भइन् तर उनी तत्कालै ठीक पनि भइन् ।
यसबारे उनले आफ्नो सोसल मिडियामा समेत जानकारी दिँदै चिन्ता गर्नुपर्ने स्थिति नभएको बताएकी छन् । त्यहाँ उपस्थित प्रत्यक्षदर्शीका अनुसार यो घटना यति छिटो भयो कि धेरैले उनी बेहोस भएको देख्दा पनि देखेनन् ।
एलेले आफ्नो इन्स्टाग्राम अकाउण्टमा एउटा फोटो शेयर गर्दै लेखेकी छन्, ‘आज राति म आफ्नो १९५० को प्रादा प्रोम ड्रेसका कारण बेहोस भएँ । तर अहिले सबै ठीक भइसकेको छ ।’
यसमा उनले ह्यासट्याग गर्दै उक्त पहिरन निकै टाइट भएको जानकारी पनि दिएकी छन् । भेराइटीको रिपोर्टअनुसार कुर्सीमा बसिरहेकी एले जब बेहोस भएर भूइँमा झरिन्, तब उनकी बहिनी दाकोटा फ्यानिङ र कोलिन फर्थनेल उनलाई बचाउन आए । एलेलाई कुनै चोट भने लागेन ।