अभिनेतृ प्रियंका कार्की अहिले फ्रान्समा भईरहेको ‘कान्स फिल्म फेस्टिभल २०१९’ मा सहभागीता जनाउन पुगेकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै प्रियंका कान्समा जाने भएदेखि नै उनको चर्चा शुरु भएको थियो ।
प्रियंकाले पनि कान्समा नेपाललाई चिनाउने बताएकी थिईन् । तर जब उनी कान्स पुगिन् उनले नयाँ नयाँ तस्वीरहरु शेयर गरिन् । नेपाल चिनाउने गफ दिएकी उनले शेयर गरेका तस्वीरहरु हेर्दा उनका फ्यानहरु समेत चकित परे ।
कारण उनले लगाएका पहिरन त्यसअघि नै बलिउड अभिनेतृहरु प्रियंका चोपडा र दिपिका पादुकोणले लगाएका थिए । उनीहरुसँग ठ्याक्कै मिल्ने पहिरन लगाएर तस्वीर सार्वजनिक गरेपछि प्रियंकालाई ‘अक्कल बिनाको नक्कल’ भन्ने किसिमका प्रतिक्रिया आए ।
कार्कीले चोपडाका पहिरन मात्र होईन ‘पोज’ पनि नक्कल छिन् । दीपिका पादुकोणले लगाएको पोशाकको पनि नक्कल गरेकी छिन् । यि तस्वीर हेर्ने हरुले प्रियंका कान्स फिल्म फेस्टिभलमा अर्काको नक्कल गर्न गएको प्रतिक्रिया व्यक्त गरेका छन् ।