विराटनगर / विराटनगर महानगरपालिका – १६ दरैयाको बाँस झ्याङमा ‘मेडइन यूएसए’ लेखेको पेस्तोल र दुई थान गोली राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी विराटनगरले विराटनगर – १६ का करिब ३५ वर्षीय मणी सिंहलाई पक्राउ गरेको हो ।
सिंहले बाँस झ्याङमा पेस्तोल रहेको सूचना सबैभन्दा पहिला जानकारी प्रहरीलाई दिएका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा सिंहले नै बाँस झ्याङमा पेस्तोल राखेको प्रमाण जुटेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भारतबाट पेस्तोल उनले कुनै अपराधिक कर्म गर्ने उद्देश्यले सिंहले पेस्तोल ल्याएको मोरङ प्रहरीले दावी गरेको छ । उनको विषयमा अनुन्धानमा भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
‘सिंहको ससुरालीमा २ वर्षदेखि जग्गाको विवाद थियो,’ अनुसन्धानसमा संलग्न एक अधिकारीले भने, ‘सिंहले पेस्तोल देखाएर डर र धम्की दिन हतियार ल्याएको देखिन्छ ।’ सिंहले ससुरालीमा भएको जग्गा विवादमा अर्को व्यक्तिलाई फसाउन पनि उनको घर नजिकको बाँस झ्याङमा पेस्तोल राखिएको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ ।
जग्गा विवाद सिंहले फसाउन खोजिएको सवेन्द्र सहनीको घर बाँस झ्याङ नजिक पर्दछ । सवेन्द्र सिंहको साढु भाइ पर्दछन् ।
नयाँ वर्षको दिन वैशाख १ गते विराटनगर – १६ दरैयाको बाँस झ्याङमा बेवारिसे अवस्थामा पेस्तोल रहेको सूचना पनि सिंहले नै प्रहरीलाई दिएको खुलेको छ । प्रहरीले १ वैशाखमा बाँसको झ्याङमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय रानी विराटनगरको प्रहरी टोलीले मेडइन युएसए नाम लेखेको एक थान पेस्तोल र त्यसमा लाग्ने २ थान गोली बरामद गरेको थियो । प्रहरीले चेकजाँच गर्ने क्रममा रंङको बट्टा भित्र कालो प्लाष्टिकमा पोको पारेर लुकाई राखेको पेस्तोल बरामद गरेको थिए ।
पक्राउ परेका सिंहलाई मंगलबार जिल्ला अदालत मोरङमा हातहतियार खरखजना अन्र्तगत मुद्दामा म्यात थप गरि अनुसन्धान भइरहेको डिएपी श्रेष्ठले बताए ।