राजविराज/ सप्तरीको गोबरगाढा–३ स्थित कोशी टप्पुबाट तीन राउण्ड गोलीसहित कटुवा पेस्तोल बरामद गरिएको छ ।

सप्तरीको जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ज्यान मार्ने उद्योग मुद्दामा फरार अभियुक्तलाई खोजी गर्ने क्रममा गोलीसहित सो पेस्तोल बरामद गरिएको हो ।

गोबरगाढा–३ का ३८ वर्षीय नसरुल मियाँ लुकीछिपी बसिरहेको विशेष सूचना पाएपछि खोजी गर्ने क्रममा मियाँ भारततर्पm फरार भएको बुझिएको प्रहरीले जनाएको छ । उनी लुकेको स्थानमा खानतलासी गर्दा त्यहाँबाट तीन राउण्ड गोलीसहित एक थान कटुवा पेस्तोल बरामद गरिएको सप्तरीका डीएसपी दानबहादुर कार्कीले जानकारी दिए ।