भक्तपुर/पाँचजनाको समूहमा घरभित्र पसेका लुटेराको समूहले भक्तपुर नगरपालिका–२ लिवालीस्थित राजकुमार लाखेमरुको घरबाट रु आठ लाख ७५ हजार ६६० लुटेर लगेका छन् ।
गएराति दुईवटा मोटरसाइकलमा आएका नकावधारी पाँचजनाको समूहले भैरब इँटाभट्टाका सञ्चालक लाखेमरुको परिवारलाई पेस्तोल देखाएर उक्त रकम लुटेर लगेको पीडित लाखेमरुले बताए ।
उनले इँटाभट्टामा बुझाउन दराज र कपडामा राखेको उक्त रकम, दुईवटा मोबाइल, इँटाभट्टामा प्रयोग गरिने एउटा वाकीटकी लुटेर लगेको बताए।