काठमाडौं / पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । उनको शनिवार राती हृयाम्स अस्पतालमा उपचारकोृ धmममा विधन भएको हो ।
उनको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको भन्दैं चिकित्सिकहरुले यस अघि नै जानकारी गराएका थिए ।
पूर्वमन्त्री अधिकारीको तीन सातादेखि हृयाम्स अस्पतालमा उपचार भइरहेको थियो । अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य खस्किँदै गएको बताएको थियो ।

को हुन भारतमोहन अधिकारी
२०५१ मा नेकपा एमालेको नौ महिने कम्युनिष्ट सरकारको पालामा अर्थमन्त्री रहेका अधिकारीले ‘आफ्नो गाउँ आफै बनाऊँ’ र बृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए ।
सोही कार्यक्रमका कारण जनताबीच एमाले यति धेरै लोकप्रिय बन्यो कि, ०५४ को स्थानीय निर्वाचनमा उसले झण्डै दुई तिहाई स्थानमा विजय हासिल गर्न सफल भयो ।
एमालेका पछिल्ला विजयहरुमा समेत अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका तिनै कार्यक्रमहरुको भूमिका रहने गरेको छ। बृद्धभत्ता वितरणलाई एमालेले पछिल्लो निर्वाचनमा पनि स्मरण गर्दै आएको छ।
एमालेको नौ महिने शासनकालमा लोकप्रिय अर्थमन्त्री रहेका अधिकारी त्यसयता चारपटक अर्थमन्त्री बने, एकपटक यातायात तथा निर्माणमन्त्रीको जिम्मेवारीपनि सम्हालेका थिए ।
मोरङबाट चारपटक प्रतिनिधि सभामा निर्वाचित भएका अधिकारी एमाले संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरे।

राजनीतिक जीवन
सन् १९५२ देखि १६ वर्षको उमेरदेखि उनी राजनीतिमा लागेका थिए । तत्कालिन नेकपा ९एमाले०को पाँचौँ, छैटौँ, सातौं र आठौं महाधिवेशनमा उनी मूल आयोजक समितिको संयोजक थिए भने छैटौँ, सातौँ र आठौं महाधिवेशनबाट स्थायी समितिमा निर्वाचित र ५० वर्षभन्दा बढी समय केन्द्रीय नेतृत्वमा रहेका थिए ।
विसं २०७१ को एमालेको नवौँ अधिवेशनदेखि उनले पार्टी कमिटीका कुनै पनि जिम्मेवारी नलिने गरी स्वेच्छिक घोषणा गरेका थिए । अधिकारी मोरङ जिल्लाबाट विसं २०४८, २०५१ र २०५६ गरी तीनपटक सांसद र एकपटक संविधानसभा सदस्य भएका थिए भने तीनपटक अर्थमन्त्री र दुईपटक उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
विसं २०५२ मा अर्थमन्त्री भएको अवसरमा ‘वृद्ध भत्ता’ र ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । उनले ल्याएको अन्य लोकप्रिय कार्यक्रममा आफ्नो गाउँ आफैँ बनाऔँ, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटौडा–काठमाडौँ सुरुङमार्ग, सडकको दुवैतिर वृक्षरोपण, सुत्केरी भत्ता, श्रीमान् श्रीमतीको संयुक्त नाममा जग्गाको रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी रहेका छन् ।