धरान/ भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा सिन्धुपाल्चोकका आयुष केसी शीर्ष १५ लागि स्पर्धा गर्दै छन् ।

हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययरत आयुषले यो स्पर्धामाथि माथि उक्लिने प्रयासमा लागि परेको बताएका छन् । अहिले आयुषको फ्यान फलोइङहरू बढिरहेका छन् । उनी नेपालमै २ वर्षअघि सम्पन्न पहिलो राष्ट्रव्यापी बालगायन कार्यक्रम ‘सुरशाला जुनियर आइडल’ मा प्रथम बनेका थिए ।

आयुष शनिबार टप १५ का लागि स्पर्धा गर्दैछन् । विगत ५ वर्षदेखि सङ्गीतमा साधाना गरिरहेका उनले स्पर्धामा राम्रै गर्ने विश्वास परिवारको छ । त्यसो त सारेगमपामा रियालिटीमा इटहरीका प्रितम आचार्य पनि शीर्ष १५ मा छनौट भइसकेका छन् । आयुष र प्रितम स्टुडियो राउन्ड हुँदै मेगा अडिसनबाट टप ३० मा छनौंट भएका थिए ।