धरान / नेपाली संगीत क्षेत्रका सम्मानीय तथा लोकप्रिय गायक दीप श्रेष्ठले आफु संगीत क्षेत्रमा लागेको पचास बर्षको अवसर पारेर आफ्नो घरेलु श्रोताहरु माझ ‘दीप श्रेष्ठ स्वर्णिम साँझ २०१९’ आगामी फागुन ४ गते शनिबार धरानमा हुने भएको छ । साँझ धरान १८ बिपीकेआईएचएसभित्र रहेको दशहरा हलमा आयोजना हुने। भएको छ
नेपाल क्लब हंगकंगको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा भब्य रुपमा आयोजना हुने कार्यकर्ममा गायक दीप श्रेष्ठ आफ्नो सांगीतिक समूह सहित आफ्ना नयाँ तथा पुराना गीतहरु गाएर आफ्नो ५० औं सांगीतिक उत्सव धरानबासीहरुसंग मनाउने छन् ।
राजा महेन्द्र पनि दीपको गायतबाट मोहित
पूर्वी नेपालको धरानका स्थायी बासिन्दा दीप श्रेष्ठले १४ बर्षको उमेरदेखि नै पूर्वमा हुने बिभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यकर्ममा भाग लिइरहन्थे । यसै कर्ममा २०२५ साल पुष महिनामा सांस्कृतिक कार्यकर्म लिएर धरानबाट काठमाडौँ पुगेका दीप श्रेष्ठले राष्ट्रिय नाचघरमा तत्कालिन राजा महेन्द्रका सामु गीत गाउने अवसर पाएका थिए । उनको गायन कलाबाट मोहित राजा महेन्द्रले तत्कालै आफुले मन लागेजती गीत रेडियो नेपालमा रेकर्ड गर्ने व्यवस्था गरिदिए । त्यो समयमा रेडियो नेपालमा पालो कुर्नु पर्ने समयमा उनले ‘पत्थरको देउता होइन..’लगायत ६ वटा गीतहरु रेकर्ड गराए ,जुन निकै लोकप्रिय भए ।
पछि फर्कन नपरेका लोप्रिय गायक
त्यसपछि पछाडी फर्कनु नपरेको बरिष्ठ गायक श्रेष्ठले अहिले २०७५ सालमा आफ्नो सांगीतिक आरोह अवरोह पार गरेको पचास बर्ष लागिसकेको छ ।
मत दुर देखि , बिधुवाको सिउँदो, हर रात सपनीमा, मेरो आँखामा, बितेका कुराले, कति कम्जोर रहेछ बह्ग्य, झिरमा उनिनु, भन्थिन मेरी उनि, साइँलीबारी चिया बारीमा, हुँयात्री म एउटा लगायतका थुप्रै कालजयी गीतहरु मा उनको स्वर संगीत रहेको छ ।
२०६७ सालमा धरान सरोकार समाजको आयोजनामा काठमाडौँमा धरानको खानेपानी समस्याको समाधानको लागि समेत कार्यक्रम गरेका दीप श्रेष्ठको धरानमा आयोजना हुने दीप श्रेष्ठ स्वर्णिम साँझमा उनले आफ्ना कालजयी गीतहरु प्रस्तुत गर्नेछन् भने उनलाई बिशेष सम्मान समेत गरिने आयोजकले जनाएको छ ।
गायक दीप श्रेष्ठको सांगीतिक क्षेत्रमा योगदान दिएको ५० औं बर्षगाठको अवसर पारेर गायक श्रेष्ठको सम्मान सहित गत डिसेम्बरमा हंगकंगमा भब्य कार्यकर्म आयोजना गरेको नेपाल कल्ब ,हंगकंगले धरानमा पनि भब्यरुपमा कार्यक्रम आयोजना गर्न लागेको हो ।
































