जिरोपोइन्ट / विवाहित महिलाहरुलाई लक्षित गरि वुमन वर्थ गु्रपले आयोजना गरेको मिसेस स्टेट १ सिजन २ को पहिलो चरणको अडिसन शनिबार सम्पन्न भएको छ ।
पहिलो चरणको अडिसनमा २४ जनाले सहभागिता जनाएका छन् । फर्म भरेकाहरु पनि कार्य व्यस्तताले गर्दा पहिलो चरणको अडिसनमा आउन नपाएको र अन्य इच्छुकहरु जो अडिसनमा आउन छुटेका छन उनिहरुको लागि दोस्रो अडिसन यहि माघ २३ गते वुधवार हुने वुमन वर्थ गु्रपका अध्यक्ष सुजाता श्रेष्ठले जानकारी गराएकी छन् ।
अडिसनमा महिला संजाल धरानकी अध्यक्ष तथा महिला अधिकारकर्मी सविता चाम्लिङ राई, पूर्व मिस कोशी कृति श्रेष्ठ, कोरियोग्राफर डिजे ललित राई र मिसेस स्टेट १ की विजेता सम्झना घतानी निर्णायकमा रहेका थिए ।
प्रतियोगीताको मुख्य विजेताले नगद रु.१ लाख, उपविजेताले नगद रु.५० हजार पाउने छन् । उक्त प्रतियोगितामा सहभागीहरुले आफ्नो क्षमता अभिवृद्धि गर्नका लागी कार्यक्रमको ग्रान्ड फिनालि भन्दा १ महिना अगाडिदेखि नै विभिन्न विषयमा तालिमसमेत प्राप्त गर्नेछन् ।