धरान / तत्कालिन किष्ट बैंकमा कमसल धितो राखी करोडौ रकम निकाली बैकिङ अपराध गरेको अभियोगमा सुनसरी र काठमाण्डौबाट ५ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पक्राउ गरेको छ । टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।
इनरुवा ३ सखुवागाछीका सुरेश भन्ने कुलप्रसाद पोखरेल, इनरुवा २ का प्रमोद देव र अजय देवलाई पक्राउ गरिएको सिआईवीका डिएपी श्यामबाबु ओलियाले जानकारी दिए । यस्तै पाल्पा रम्वा गाउँपालिका ३ स्थाई घर भई हाल ललितपुर २३ हात्तिवन बस्ने तत्कालिन किष्ट बैंकमा कार्यरत तत्कालिन किष्ट बैंकको डेपुटी सिइअाे बाल नरसिंह(बिएन) घर्तीलाई पनि मंसिर ६ गते नै अनामनगरबाट पक्राउ गरेको थियो । यस्तै ललितपुर ११ स्थाई घर भई तत्कालिन किष्ट बैंकमा कार्यरत तत्कालिन किष्ट बैंकको ऋणा अधिकृत प्रगुन श्रेष्ठलाई ललितपुर को दमकलमोडबाट पक्राउ गरिएको छ । तत्कालिन सिईओ कमल ज्ञवालीलाई गत असोज १९ गते भारतबाट पक्राउ गरेपछि थप अरु पक्राउ परेका हुन ।
कमसल धितो राखेर अनाधिकृत ऋण प्रवाह गरी घोटालामा मुछिएका मुख्य नाईके रहेका बैंकका तत्कालिन नायव महाप्रबन्धक बीएन घर्ती र डेपुटी जनरल म्यानेजर प्रविन श्रेष्ठ पनि पक्राउ परिसकेको प्रहरीले जनाएको छ । इनरुवा ३ का घर भएका रोशन राईस मिल कम्पनी संचालक कुलप्रसाद पोखरेलको नाममा शुरु कर्जा रकम १२ करोड ८० लाख र हालसम्मको बक्यौता रकमसहित १८ करोड ७१ लाख ३१ हजार ७३२ रुपैयाँ ९९ पैसा रहेको प्रहरीले जनाएको छ ।
पुनरावेदन अदालत पाटनमा नेपाल राष्ट्र बैंक बादी रहेको ०७०–सीबी–००६७ र ०७०–सीबी–००७० नम्बरको बैंकिङ कसुरको अभियोग मुद्दामा उनीहरुसँगै सुनसरीका आधा दर्जन प्रतिवादी १९ अर्ब ३५ करोड ५५ लाख ४१ हजार तीन सय ४२ रुपैयाँ सात पैसा बिगो रकम माग दाबी गरिएको छ । सोही मुद्दामा पक्राउ परेका ९९ जना व्यक्तिहरुलाई अदालतमा हाजिर गराएको सीआईबीले जनाएको छ । प्रहरी स्रोतका अनुसार राष्ट्र बैंकको पत्रका आधारमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसमेतमा गरी २८ संस्था घोटाला प्रकरणमा संलग्न भएको अभियोगमा ती व्यक्तिहरु पक्राउ परेका हुन ।
प्रहरी अनुसन्धानबाट खुल्न आएका कुराहरु: 
- कमसल धितोलाई अधिक बढी मुल्यांकन गराई कर्जा प्रवाह गरेको धितोको पुनर्मूल्यांकनबाट देखिएको ।
- कतिपय कर्जा रकम प्रवाह भईसकेपछि मात्र धितोको मूल्यांकन गरेको देखिएको ।
- ऋण लिंदा बखत नै ऋणिको कर्जा भुक्तान गर्ने मनसाय नदेखीएको ।
- वास्ताविक रुपमा व्यवसाय संचालन गर्ने तथा बित्तिय हैसियत नभएका फर्म, कम्पनी वा संचालक मार्फत जानी जानी कर्जा प्रवाह गरेको देखियो ।
- ऋणी कम्पनीहरुलाई कारोबारको तुलनामा आवश्यकता भन्दा बढी कर्जा दिइएको ।
- कम्पनीहरुमा धितोको रुपमा रहेका कतिपय बस्तुहरुको स्टक नै रहेको र स्टक रहेकोमा पनि प्रयाप्त नभएको ।
- कर्जाको अधिकांश रकम कार्यालय समय पछि मात्र वितरण तथा भुक्तानी भएको तथ्य फेला परेको ।
- कतिपय लिईएका धितोहरुमा लिलाममा निकाल्दा पनि कोही पनि कबुल गर्न नआएको देखिएको ।
- केहि ऋणीले कर्जा लिदाका बखत देखि नै बैंकका साँवा तथा व्याँज भुक्तानी नगरेको देखिएको ।

कर्जा प्रवाह भएका कम्पनीहरु
१ रोशन राईस मिलस् 
कम्पनी संचालकको नाम:                                  कुल प्रसाद पोखरेल
शुरु कर्जा रकम                                               रु १२ करोड ८०लाख
हाल सम्मको बक्यौता रकम                                 रु। १८,७१,३१,७३२।९९
२ अशोक प्रभाशीत भण्डार 
शुरु कर्जा रकम                                                   ११,६५,००,००० 
ऋणी: अशोक प्रभा शीत भण्डार (सञ्चालकहरु:           प्रमोद कुमार देव, अजय कुमार देव )
हाल सम्मको बक्यौता रकम                                   १६,९६,६७,६६९।६४
३ श्रेया ट्रेडिङ् कन्सर्नस्
शुरु कर्जा रकम:                                                रू।५,००,००,०००र(
हाल सम्मको बक्यौता रकमः                                रु। ८,१८,१८,५८२।९२
कम्पनीका सञ्चालकहरुः                                    दिनेश कुमार मिश्र, बबिता मिश्र
४  जय शम्भु ईन्टरप्राईजेजस्
कम्पनी संचालकको नामः                               ज्ञान प्रसाद बाँस्ताकोटी
शुरु कर्जा रकमः                                           रु ९ करोड ५० लाख
जम्मा बक्यौता रकमः                                     रु।१६,०५,२०,९७६।२८
जम्मा दुरुपयोग भएको शुरु कर्जा रकमः          रु ३८,९५,००,०००।(
हाल सम्म बैंकलाई हानी नोक्सानी पुगेको रकमः  रु ५९,९१,३८,९६१।८३