धनपालथान (मोरङ) / काँधमा कोदालो, हातमा प्लास्टिक झोला, बोरा र आँगो बाल्ने सलाइलगायतका अन्य आवश्यक समाग्री लिएर मोरङको धनपालथान गाउँपालिका – ६ कदमाका एक हुल युवा धान खेत तर्फ निस्किए । ठूलै जनावरको सिकार गर्न निस्किए जस्तै थियो उनीहरुको तयारी । ७ जना युवाको समूह शनिबार दिउँसो धनपालथान गपाको ६ स्थित धान खेतमा पुगे । धानबाली काटेपछिको जमिन बाँझो थियो । सबै जना खेतखेत चहार्न थाले । उनीहरू योजना मुसाको शिकार गर्ने रहेछ । सबै मुसाको दुला खोज्न जुटे ।

यसरी मारिन्छन् मुसा
ठूलो मुसाको दुलो पत्ता लगाएपछि युवाले घेरा हाले । कोदालो र सलाइ बोक्नेलाई बोलाए । मुसा छिरेको मुख्य दुलो पत्ता लगाए पछि त्यस दुलोमा आगो बोलेर धुवामय बनाए । धुवाको रापले मुसा मर्ने भएकोले युवाको समूहले पालै पालो धुवा निकाल्ने थाले । धुवाको रापले मुसा लठिएको अनुमान लगाएपछि कोदालो चलाउनेहरू आलोपालो मुसाको निगराखी राख्दै खनिरहेका थिए । बाहिर एउटै मुख भए पनि भित्र अनेक दुला हुन्छन । मुसाको सहायक दुलो खन्न निकै सकस हुन्छ ।

musha dakaudai 1
‘सबै दुला पन्छाउँदै मुसा नभेटेसम्म खनिराख्नुपर्छ,’ मुसा मार्दै गरेका धनपाल गपा ६ का सनोज टुढुले भने, ‘दुलो खन्न सुरु गरेको चाल मुसाले पाए अर्को दुलोमा लुक्छ । एउटाबाट अर्काे दुलो खन्दै अन्तिम दुलोसम्म नपुग्दासम्म मुसा मार्न सकिँदैन ।’ उनका अनुसार एउटा दुलो खनेर मुसा निकाल्न कम्तीमा १÷२ घण्टा लाग्ने गरेको बताए । ‘कुनै ठाउँमा एउटै दुलोमा मुसाको पूरै परिवार भेटिने सम्भावना न्यून हुन्छ,’ वर्षौदेखि खेतबारीमा मुसा मार्दै आएका सनोजले भने, ‘एउटा दुलोमा कहिले एउटा भेटिन्छ । कहिले एउटै दुलोमा माउ मुसोसहित ५÷६ वटा बच्चा मुसा भेटिन्छन् ।’

दुलो भित्र अन्न भण्डार

marako musha dhakaudai
मुसा मार्न माहिर सिकारीहरूका अनुसार मुसाको दुलो घर भित्र अन्नको भण्डार हुने गर्दछ । भण्डार गर्ने र खाने ठाउँ अलग–अलग हुने गर्दछ । अन्न भण्डारमा धान तथा गहुँ भेटिन्छ । वर्षौदेखि मुसा मादै आएका राजु किस्काका अनुसार एउटा दुलामा कम्तीमा मुसाले एक किलोसम्म अन्न भण्डारण गरिएको धानको बालाहरू भेटिने गरेको बताए । ‘मुसा मार्ने क्रममा एक दिनमा ५ किलोसम्म धान संकलन गरिन्छ,’ उनले भने, ‘एक दिनमा ४ देखि ५ वटा दुलो खन्न भ्याइन्छ । त्यसबेला १०÷१५ वटा मुसाको सिकार गरिन्छ ।’ कोही बेला धेरै हुन्छ कोही बेला बोनिसम्म नहुने गरेको उनको भनाई छ ।

मासु खान र रमाईलोको लागि शिकार

2 4

सीमान्तकृत तथा अति विपन्न समुदायका मानिस मासु खाने प्रयोजनका तथा रमाइलोको लागि मुसाको सिकार गर्ने गरेको उनीहरू बताउँछन् । धान बाली भित्र्याउने समयमा उनीहरु मुसाको सिकारमा निस्कन्छ । मासु खान मात्रै नभएर रमाइलो गर्नसमेत मुसाको सिकार खेल्ने गरिएको राजु किस्का बताउँछन् । उनका अनुसार मुसाको मासुको थरी थरीका परिकार बनाउने गरेको बताए ।

मुसाको सेकुवा र सुकुटी

sukuti-sadheko
‘सिकार गरेर धेरै भए साँझमा ग्रेबी बनाउने गर्दछौं,’ राजुले भने, ‘थोरै २÷३ वटा भए आगो पोलेर सेकुवा बनाएर खाने गर्दछौं ।’ कसैले सुकुटी बनाएर पनि राख्ने गरेको उनले बताए । यस्तो परिकार निकै स्वादिलो हुने उनको भनाई छ । 

 मासु मिठो मुसाको

sekuwa
वर्षौदेखि मुसाको किसार गर्ने पारखीहरूको अनुसार मुसाको मासु मिठो हुने भएकोले यसको सिकार गर्ने गरेको बताउँछन् । उनीहरूका अनुसार मुसाको परिकार मीठो हुने भएकाले खाली समयको सदुपयोग गर्न मुसाको सिकारमा आएको धनपालथान गपाका सनोज टुढुले बताए । How to cook rats ? Link
तराईवासी सन्थालसहित, बाँतर र ऋषिदेव समुदायका मानिस मुसा मासु खाने प्रयोजनका लागि मुसाको सिकार गर्ने गरेको उनको भनाई छ । विशेष गरी मङ्सिर, पुस, माघ, फागुन, चैत, वैशाखमा आफूहरुले विभिन्न सिकार गर्ने गरेको उनले बताए ।

भिडियो / शब्द /तस्विर : अनिल श्रेष्ठ