धरान / धराने गायक राजु ल्वागुनले तिहार पर्वलाई लक्षित गर्दै देउसी–भैलो गीत सार्वजनिक गरेका छन् ।
ल्वागुनको आफ्नै शब्दसङ्गीत रहेको गीतलाई योगेन गोर्खालीले एरेन्ज गरेका छन् । महिला स्वरमा गायिका बबिता सुनारले साथ दिएकी छन् ।
धरानकै स्थानीय परिवेशमा छायाङ्कन गरिएको गीत सोमबार सार्वजनिक गर्दै ल्वागुनले देउसी–भैलो खेल्ने नेपाली परम्पराअनुसार गीतलाई प्रस्तुत गरिएको बताए ।
उनले गीतमा एकोहोर देउसीमात्र नभट्याएर समाजका कथाकुथुङ्ग्रीलाई समेत जोडेकाले गीत सुन्न लायकको हुने बताए । उनले नेपाली दर्शकलाई स्थानीय  समाजमा खेलिने देउसीभैलोको तौरतरिकालाई सचित्र देखाइएको बताए ।
म्युजिक भिडियोलाई शिरकुमार साम्पाङ र दिनेश राईले खिचेका छन् । सम्पादन शिरसँगै वसन्त बाम्बुलेले गरेका हुन् ।  रविन दर्नालले नृत्य निर्देशन गरेको भिडियोमा महेश सिग्देलको साजसज्जा छ । ग्लोरी मिडियाको पोस्ट प्रोडक्सनमा रविन राईले निर्देशन गरेका छन् ।
भिडियो हेर्नुहोस्ः