ब्लाष्टखबर । झापा जिल्लाको मेचीनगर नगरपालिका-६ भन्सार गेट नजिकबाट लागू-औषध ब्राउन सुगर सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
लागू-औषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ सुब्वा चौक बस्ने बर्ष २२ की रिना चौधरी (लिम्बु) लाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागू-औषध सहित पक्राउ परेकी लिब्बुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी काकडभिट्टामा राखिएको उक्त कार्यालयले जनाएको छ ।