पति टेकबहादुर भुजेलका अनुसार सीमाले आत्महत्या प्रयास गरेकी थिइनन् ।

शुक्रबार विहान ११ बजे सीमासँग टेलिफोन सम्पर्क गर्दा उनी नगरपालिकाको कार्यपालिका बैठकमा थिइन् । उनको मोबाइल फोन पति टेकबहादुरले उठाए ।

‘सीमा अहिले नगरपालिकाको कार्यपालिका बैठकमा छिन्, मिडियामा आएका समाचारले हामीलाई तनाव दियो’ भुजेलले भने, ‘फेवा किनारामा हिँडिरहेको समयमा चिप्लेर पानीमा खसेकी रहिछन् । नियतवश नभइ दुर्घटनाबस भएको घटनालाई फरक ढंगले प्रस्तुत गरियो ।

घटना भएको केही घण्टामै सीमा पुतलीवजारस्थित निवासमा पुगेकी थिइन् । नगरपालिकाका कार्यकारी अधिकृत र उपमेयरले उनलाई घरमा छाडेका थिए ।

‘सीमालाई माइग्रेनको समस्या देखिएको हो, बाहिरप्रचार गरिएजस्तो डिप्रेसनको समस्या होइन’ भुजेलले भने, ‘काठमाडौंमा एक महिना बसेर माइग्रेनको उपचार गरेकी थिइन् ।’