स्याङजा/ स्याङजा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले पोखराको फेवातालमा हामफालेर आत्महत्या प्रयास गरेकी छिन् । बिहीबार साँझ करिब ४ बजेतिर फेवातालमा हाम फलेकी हुन् । उनी तालमा हामफाल्ना साथ नजिकै रहेका एक विदेशी पर्यटकले पौडिएर उनलाई तालबाट निकालेका थिए ।
पोखरामा जारी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका विषक गोष्ठिमा भाग लिन पुगेकी सीताकुमारी केही दिन अघि काठमाडौं गई डिप्रेशनको उपचारपछि घर फर्किएकी थिइन् ।