शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरका लागि सडक बोर्ड नेपालले सडम मर्मत संहारका ५ वटा योजनाका लागि ४० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

पिप्ले खोला सडक ग्राभेलमा १४ लाख ६३ हजार ५ सय, शिखरचोक, पिपलचोक र सुनाखरी सडकको कालोपत्रे मर्मतमा ७ लाख ५४ हजार ५ सय ३० तथा वडा नम्वर ९ र १० को सिमानाको केर्खा खोला सडक ग्राभेलमा ७ लाख ३२ हजार ४ सय रुपैयाँ छुट्टिएको छ ।

त्यस्तै, वुद्ध मावि पूर्वको प्रगतिटोल जाने बाटोको ग्राभेल ५ लाख ६७ हजार ८ सय र पुलचोक भातेगौंडा पिङडाँडा सडक ग्राभेलमा ४ लाख ८१ हजार ६ सय रुपैयाँ वोर्डले छुट्याएको जानकारी नगरपालिकालाई गराएको छ ।

बोर्डले ३९ लाख ९९ हजार ८ सय ३० रुपैयाँ उपलब्ध गराउने र त्यसमा नगरपालिकाले ३० प्रतिशत रकम थप गर्नुपर्ने प्रावधान छ । ३० प्रतिशत रकम थप्दा ७१ लाख ८२ हजार ४ सय रुपैयाँमा ५ वटा योजना सम्पन्न हुनेछन् ।

नगरमा भइरहेका विकास निर्माणका योजनाहरु अनुगमनका क्रममा मंगलवार वडा नम्वर १, २, ७ र ९ का योजनाहरु अनुगमन् गरिएको छ ।

नगर उपप्रमुख एवम् योजना अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा सदस्यहरु मैनादेवी राई लिम्बू, निर्मला गदाल, इन्जिनियर कृष्णप्रसाद कोइराला र सूचना संयोजक भूपेन्द्र तिम्सिनाको टोलीले नगरपालिकाको वजेटमा सम्पन्न भएका योजना अनुगमन् गरेको हो ।

टोलीले, १ नम्वरको शान्ति सामुदायिक वन उपभोक्ता समूहमार्फत भुल्के सिमसार क्षेत्रमा वनभोजस्थलका रुपमा निर्मित २ टहराको अनुगमन् गरेको छ । २ नम्वरको वाँसेचौरीमा बनेको पक्की पैनी, ७ को किर्तिपूर वजार उत्तर बुढीहोली कल्भर्ट, ९ नम्वरको कुसेमा कृषि मार्ग बाटो मर्मत तथा ग्राभेल र सोही ठाउँको कुसे केचना पैनी मर्मत योजनाको अनुगमन् भएको हो । शनिश्चरे चोकमा कालोपत्रेका लागि काम अगाडि वढ्दै गरेको २ वटा खण्डको पनि निरीक्षण भएको छ ।

चालु आर्थिक वर्षमा नगरपालिकामा कुल ६ सय २२ योजनामध्ये धेरैजसो सम्पन्न भएका छन् । वैशाख १० गतेभित्र योजनाहरु सम्झौताको समय रहेको थियो ।