बलिउडका दुई चर्चित स्टारकिड्स सारा अली खान र जान्हवी कपुर यसै वर्ष फिल्ममा डेब्यू गर्दैछन् । र, अहिलेबाटै उनीहरुलाई सम्भावित प्रतिस्पर्धिको रुपमा हेरिएको छ ।

साराले ‘केदारनाथ’ बाट र जान्हवीले ‘धडक’ बाट बलिउडमा इन्ट्री मार्न लागेका हुन् । दुवै फिल्मको सुटिङ धमाधम भइरहेको छ । यसैबीच खबर आएको छ कि जान्हवीको सानो गल्तिले गर्दा एउटा ठूलो फिल्म उनको हातबाट फुत्केको छ र सारालाई चिठ्ठा परेको छ ।

भर्खरै घोषणा भएको फिल्म ‘सिम्बा’ मा जान्हभीले रणवीर सिंहको अपोजिटमा अभिनय गर्ने लगभग तय भएको थियो । साइन हुन मात्र बाँकी थियो । फुर्किएकी जान्हवीले यो खबर मिडियामा लिक गरिदिइन् । साथै, रणवीर सिंह जस्तो सुपरस्टारसँग काम गर्न पाउँदा आफू नर्भस भएको समेत बताइन् ।

यसरी फिल्मको गोपनीयता भंग गर्दा उनले ठूलो मूल्य चुकाउनु परेको छ । यही निहुमा उनलाई सो फिल्मबाट आउट गरिएको छ र सारालाई अनुवन्ध गरिएको छ । यतिबेला जान्हभी बेस्सरी चुक्चुकाइरहेकी छिन् ।

सुरुमा जान्हभी र सारा दुवैलाई स्त्रिmप्ट सुनाइएको थियो । तर मेकरहरुले जान्हभीलाई प्राथमिकतामा राखेका थिए । तर, उनको केटाकेटीपनले गर्दा यो महत्वपूर्ण मौका गुमाइन् । यसबाट करिअरको सुरुवातमै श्रीदेवी पुत्रीलाई झट्का लागेको छ ।