बराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका–५ स्थित अमाह सामूदायिक वनमा शिकारीहरु मारेको बदेल छोडेर भागेका छन् । आइतबार दिउसो शिकारीहरु पक्राउ पर्ने डरले भागेकाे भनी महाप्रतिवाद साप्ताहिकले लेखेकाे छ ।
शिकार खेल्न शिकारीहरु जंगलमा पसेको सूचना पाए लगत्तै सामूदायिक वनका पदाधिकारीहरु, सेक्टर वनका रक्षकहरु, तरहरा र धरानबाट समेत विषेश टोली तत्कालै परिचालित भएको थियो । जंगलमा फायरिङ् भएपछि सुरक्षा टोलीले बन घेराउ गरेको वनका अध्यक्ष भोजराज घलेलार्इ उदृढ गर्दै महाप्रतिवाद लेख्छ ।
वनका कर्मचारीहरुले घेरा हालेको थाहा पाएपछि शिकारीहरु फरार भएको हुनसक्ने आशंका गरिएको छ । फरार हुने क्रममा शिकारीहरुले मृत बदेललाई घाँसपातले छोपेको अवस्थामा फेला पारिएको थियो । मृत बदेललाई सुनसरी जिल्ला वन कार्यालयवाट मुचुल्का उठाई पोष्ट माटम गरी खाडलमा गाड्ने बताईएको छ । शिकारीहरुले बदेल मार्ने क्रममा ४ पटक फायरिङ् गरेका थिए । तर शिकारमा कसको संलग्नता थियो भन्ने प्रमाण नजुट्ता कसैलाई नियन्त्रणमा लिन नसकिएको अध्यक्ष घलेले वताए ।