शनिश्चरे । मोरङको पथरीशनिश्चरे १ स्थित पथरी वजारमा रहेको थापा मनि टन्सफरमा सटर फोेरेर चोरी भएको छ ।
पुरानो वैंक चोक नजिकको खगेन्द्र थापाको सो पसलमा आइतबार राती सटर काटेर चोरी भएको कुरा सोमवार विहान मात्र थाहा भएको थियो ।
मनि टन्फर र एनसेल सप रहेको पसलमा लाखौं रुपैयाँ चोरी भएको अनुमान गरिएको र खातापाताको रेकर्ड हेरेर यकिन हुन वाँकी रहेको पथरी प्रहरी प्रमुख विजय श्रेष्ठले जनाए । पसलको सीसी क्यामेरामा १ जना भित्र छिरेको देखिएपनि अनुहार चिन्न नसकिएको उनले वताए ।
त्यहाँ नजिक रहेको सीसी क्यामेरा व्यवस्थित रुपमा सञ्चालन नभएको अवस्थाले पनि चोरी हुनमा मद्धत पुगेको स्थानीयको टिप्पणी रहेको छ । सो पसल नजिकै सीसी क्यामेरा जडान भएपनि पोलमा राखिएको क्यामेरा उँधो सडकतिर मात्र निहुरिएको अवस्थामा रहेको छ ।