पाँचथर/ जिल्लाको फालेलुङ गाउँपालिका–६, का वडा सदस्य कमल गुरुङलाई बलात्कार आरोपमा प्रहरी पक्राउ गरेको छ । वडा सदस्य गुरुङले एक महिलालाई जबरजस्ती करणी गरी गर्भवति बनाएको उजुरीको पक्राउ गरिएको बताइएको छ ।
पीडित युवतीले गुरुङको जबरजस्ती करणीबाट आफू गर्भवति भएको बताएकी छिन् । गुरुङ उपर जबरजस्ती करणी मुद्धा अन्तर्गत म्याद थप गरि अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक बिज्ञान बस्नेतले बताए ।
जिल्लाको फाल्गुनन्द–१, नवमीडाँडामा प्रहरी असइले करणी गरी एक बालिकालाई गर्भवति बनाएको घटना सेलाउँन नपाउँदै वडा सदस्यबाटै जबरजस्ती करणी भएको अर्को घटना सार्बजनिक भएको हो ।