भक्तपुर/ भक्तपुर भूमिसुधार कार्यालयका एकजना नायब सुब्बा १० हजार घुससहित अख्तियारको फन्दामा परेका छन्।

चाँगुनारायण नगरपालिका-८ को मोहीको जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा विराटनगर महानगरपालिका(१ घर भई हाल बूढानीलकण्ठ नगरपालिका(११ कपन बस्ने भक्तपुर भूमिसुधार कार्यालयका नायब सुब्बा कमल भुजेललाई पक्राउ गरिएको अख्तियारको टोलीले जानकारी दिएको छ।