सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

साम्राज्ञी र नाजिरबीच चल्छ तँतँ र मम तर किन थियो बोलचाल बन्द ???

ब्लाष्ट खबर चैत ७, २०७४ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
साम्राज्ञी र नाजिरबीच चल्छ तँतँ र मम तर किन थियो बोलचाल बन्द ???

नेपाली सिनेक्षेत्रमा अब्बल अभिनय गर्ने नायक नाजिर हुसेन र चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह यतिबेला ‘तिमी संग’ को प्रमोसनमा व्यस्त रहेका छन् । ट्रेलरबाट चौतर्फी चर्चा कमाईरहेको तिमी संगमा यी दुई पहिलो पटक एउटै स्क्रिनमा काम गरेका हुन् । सम्भवत एउटै एजको भएर पनि होला साम्राज्ञी र नाजिरबीचको मित्रता र सहजता उनीहरुको व्यवहारबाट नै बुझन सकिन्छ ।

साम्राज्ञी नाजिर एकदमै राम्रो अभिनय गर्ने कलाकार भएकोले उनीसंग काम गर्न लाग्दा सुरुवातमा डर लागेको बताउँछिन् । साम्राज्ञीले नाजिर हासिरहने र बच्चा जस्तै चकचक गर्ने स्वभाव भएको बताईन् । उता नाजिर पनि साम्राज्ञी अरुले भने जस्तै घमण्डी नभएको बताउँछन् । कतिसम्म भने यी दुईबीच तत र मम नै चल्छ ।

‘तिमी संग’ को सुटिङको पललाई सम्झिँदै साम्राज्ञीले नाजिरसंग बोलचाल नै बन्द भएको बताईन् । उनले भनिन् “म सुटिङ सक्काएर बेलुका बसिरहेको थिएँ । मलाई चिसोको कारणले आँखामा इक्फेक्सन समेत भएको थियो । म एकदमै थाकेर बसिरहेको समयमा नजिरले आएर ‘ओई हेर्न यो फोटो कस्तो राम्रो, हालौँ है रु’ भन्दै एकदमै किचकिच गर्न थाल्यो ।

म रिसले एकदकै झर्किए र उ गयो । भोलीपल्ट देखी मसँग ठुसुक्क परेर लगभग २ साता हाम्रो बोलचाल बन्द भयो ” साम्राज्ञीको कुरा सकिन नपाउँदै नाजिर भन्छन् “मैले यति खुसी भएर उसलाई भनेको थिएँ तर उसले मलाई यति चित्त दुख्नेगरी करायो की कुरै नगरौँ । उसलाई आँखाको इंफेक्सन भएको कुरा मैले पछि मात्र थाहा पाएँ ।”

पछि अब त अत्ती भयो भन्दै दुबै जना नै बोलेको नाजिरले बताए । स्मरण रहोस नाजिर र साम्राज्ञीले ए मेरो हजुर २ मा पनि काम गर्ने मौका पाएका थिए तर नाजिरको व्यस्तताको कारण काम गर्न पाएका थिएनन् । ‘तिमी संग’ मा शिशिर रानाको कथा , निर्माण र निर्देशन रहेको छ । यो चलचित्र चैत २३ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार