एजेन्सी/बलिउड अभिनेत्री दीपिका पादुकोणले आफू पीडाको समस्यामा रहेको बताएकी छन् । आफूलाई डक्टरले करिब चार महिनामा आराम गर्न सल्लाह दिएको पनि अभिनेत्री दीपिकाको भनाइ छ । दीपिकाको पारिवारिक स्रोतका अनुसार उनको डाढमा नशाको समस्या देखिएको छ ।

जसका कारण उनले राम्ररी अढेस लागेर बस्न र सुत्न सकेकी छैनन् । दीपिकाको उपचार चलिरहेको छ । उनी केही दिनदेखि आराममा छिन् । नायिका दीपिकाले ढाडको दुखाइ केही कम गर्न ‘ब्याक सपोर्ट प्याड’ लगाउने गरेकी छन् ।

अप्रिलबाट दीपिकाले विशाल भारद्वाजको फिल्मको छायांकन गर्नुपर्ने थियो । अप्रिलमा आफूले स्वास्थ्य स्थितिका कारण छायांकन गर्न नसक्ने दीपिकाले बताएकी छन् । अब विशालको फिल्मको सुटिङ केही समयका लागि सर्ने भएको छ ।

अभिनेता इरफान खानले पनि आफू गम्भीर बिरामी भएको बताएका छन् । जन्डिसका कारण इरफानको कलेजो बिग्रिएको आशंका गरिएको छ । तर यसबारे इरफानले खुलासा गरेका छैनन् । उनलाई बे्रन क्यान्सर भएको हुन सक्ने आशंका गरिएको छ ।

इरफानले आफू दुर्लभ रोगको सिकार भएको सामाजिक सञ्जालमा लेखेका छन् । आफूलाई के रोग लागेको भन्नेबारे उनले गोप्य राखेका छन् । आफ्नो परिवार निकै चिन्तित रहेको बताउँदै रोगका बारेमा अनुमान नगर्न पनि उनले शुभचिन्तकलाई अनुरोध गरेका छन् ।