धरान । साइक्लिङ धरानले शुक्रबार साँझ धरानमा नजिकिँदै गरेको नेपालीहरुको महान् चाड बडादशैँ, तिहार र छट पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
अध्यक्ष केसी केसीले साइक्लिङ धरानले पर्यटन प्रवर्धनको क्षेत्रमा काम गर्दै आएको बताए । उनले नेपालीहरुको चाडको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमले भाइचारको सम्बन्ध विकास गर्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख एवम् धरान १५ का वडाध्यक्ष नरेश इवारमले साइकल मानिसको जीवनशैलीसँगै अहिले स्वास्थ्य र पर्यटनको क्षेत्रमा पनि भूमिका खेलिरहेको बताए । उनले धरान साइक्लिङका लागि सम्भावनायुक्त शहर भएको बताए ।
कार्यक्रमका अर्का अतिथि ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले अहिले साइकल स्वास्थ्यसँग जोडिएको भए पनि कुनै बेला सवारी साधनको रुपमा प्रयोग गर्दै आएको बताए । साइकलले सामान ढुवानीदेखि यात्राका लागि पनि उपयोगी हुने गरेको उनले बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष प्रभातकुमार श्रेष्ठले आउँदै गरेको दशैँतिहारले सबैमा सुखशान्ति र समृद्धि ल्याओस् भन्दै शुभकामना दिए । यस्तै कार्यक्रमका संयोजक डा. शुभाष चन्द्रले साइकलले स्वास्थ्यसँगै पर्यटन प्रवर्धनमा पनि भूमिका खेलिरहेको बताए । विभिन्न रोगहरुलाई मुक्त गर्नका लागि पनि साइक्लिङले भूमिका खेल्ने बताए ।
कार्यक्रममा साइक्लिङसँग जोडिएका विभिन्न जोडीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा सल्लाहकार किरणलाल श्रेष्ठ, ममता राई, संस्थापक अध्यक्ष दीपक जोशीलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

































