सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

जितु भन्छन् “रातभर मुन्नी बदनाम बजाउन हुने सलमान नेपाल आउन नहुने” ???

ब्लाष्ट खबर फागुन १९, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
जितु भन्छन् “रातभर मुन्नी बदनाम बजाउन हुने सलमान नेपाल आउन नहुने” ???

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएपछि हास्य कलाकार जितु नेपालले आपति जनाएका छन् । कलाकार नेपालले अभिनेता खान नेपाल आउनु सुखद कुरा भएको बताउदै यसले कसैलाई पनि घाटा नलाग्ने बताएका हुन् ।

IMG_20180303_141202

सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा राख्दै नेपालले भनेका छन्- ‘सलमान खानलाई नेपाल आउन नदिदैमा देशले कॉचुली फेरीहाल्छ जस्तो लाग्दैन, रोक्नपर्ने अन्य धेरै कुरा छन  ।’ रातभर डिस्कोमा ‘मुन्नी बदनाम’ घन्काउन हुने अनि खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न चाही किन नहुने भन्दै कलाकार नेपालले एक बिस्व प्रसीद्द कलाकारको कार्यक्रम सम्पन्न हुदा बिस्व भर नै राम्रै सन्देस जाने बताएका छन् ।

‘सलमानको कार्यक्रमको ब्यापक प्रचार गरिएको छ, जवरजस्ती हेर्नै पर्छ भन्ने आदेश थियो र…? सलमान नेपाल आयर माउन्ट एभरेष्ट हेर्न माउन्टेन फ्लाईट जान्थे होलान यसबारेमा केही लेख्थे होलान, लुम्बिनी जान्थे होलान यसबारे केही लेख्थे होलान, करोडौं फ्यान फलोईगं भएका यस्ता सेलीब्रेटीले नेपालको बिषयमा लेख्दा देशलाई फाईदा हुन्थ्यो कि बेफाईदा…?’ कलाकार नेपालले प्रश्न गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार