सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

रेखा थापाको ‘लाल मस्तिष्क’ बन्दै

ब्लाष्ट खबर फागुन १६, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber

पछिल्लो समय नायिका रेखा थापा चलचित्रमाफर्त कुनै चर्चामा आईनन् । निकै आसा गरिएको चलचित्र रुद«पिया असफल भएपछि कतै उनको स्टारडम नै सकिएको हो की भन्ने चर्चा भईरहदा उनले आफनै होम प्रडक्सनमा अर्काे चलचित्र निर्माण गर्ने भएका छन् । रेखाले आफनो व्यानरबाट पाँचौ चलचित्रकोरुपमा लाल मस्तिष्क निर्माण गर्ने भएकीछिन् ।

सम्झना उप्रेती रौनियारले निर्देशन गर्ने उक्त चलचित्रमा अन्य कलाकारहरु को को छन् भन्नेबारेमा केही खुलाईएको छैन । जेठबाट फ्लोरमा जाने तयारीमा रहेको लाल मस्तिष्कमा शिवम अधिकारीको कथा , सुरेश अधिकारीको संगित ,रामशरण उप्रेतीको छायाँकन र बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । प्राय रेखाका चलचित्रहरु दसै वा तिहारमा रिलिज हुने गरेका छन् । त्यसैले उनले आफनो पाँचौ निर्माणलाई पनि तिहारको लक्ष्मीपुजाका दिन रिलिज गर्ने सोचमा छिन् ।

चलचित्रमा नरा कार्की, सरस्वित थापा र तारा थापा निर्माताको रुपमा रहनेछन्। । उनले यसअघि ‘हिफाजत’ , ‘हिम्मतवाली’ , ‘रामप्यारी’ , ‘रुद«पिया’ लगायतका चलचित्रहरु निर्माण गरिसकेकीछिन् । कुनै समय नायकहरुलाई टक्कर दिएकी रेखाको पछिल्ला चलचित्रहरु असफल भईरहँदा उनको करियरको लागि जबरजस्त हिट चलचित्रको आवश्यकता भने पक्कै देखिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार