सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

अनुप र बर्षाकोबीचमा प्रशान्त भिलेन

ब्लाष्ट खबर फागुन १२, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
अनुप र बर्षाकोबीचमा प्रशान्त भिलेन

भर्सटायल एक्टरको रुपमा चिनिएका नायक अनुपबिक्रम शाहीले पछिल्लो चलचित्र ‘कृ’ मार्फत निकै प्रशंसा पाए । उनलाई नायकको रुपमा मात्र होईन खलनायकको रुपमा पनि उत्तिकै रुचाईएको छ ।

त्यसो त उनी नायकमा भन्दा पनि खलनायकमा बढि क्लिक भएका छन् । उनैसंगै यसक्षेत्रमा ह्याडसम भिलेनको रुपमा चर्चामा रहेका प्रशान्त ताम्राकारको जोडी ‘जय शम्भु’ मा देखिने भएको छ ।

जुना फिल्मसले निर्माण गर्न लागेको उक्त चलचित्रमा अनुप नायक , प्रशान्त खलनायक र बर्षा सिवाकोटी नायिकाको रुपमा रहनेछन् । जय शम्भु मा पनि रिभेञ्जको कथामा नै देख्न सकिनेछ । रमेश तामाङको लेखन तथा निर्देशन रहने जय शम्भु मा राजकुमार नगरकोटी कार्यकारी निर्माताको रुपमा छन् ।

फागुनको दोस्रो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको जय शम्भु अनुप र प्रशान्तकै कारण बिषेश बन्न सक्छ । यी तीनै जनाले पहिलो पटक एकसाथ काम गर्ने भएका हुन् । त्यसो त यसअघि ‘रानीमहल’ मा पनि बर्षा र प्रशान्त अनुबन्धित भएका थिए तर दुबैले उक्त चलचित्रबाट हात भिकेका थिए ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार