मह जोडीको निर्माणमा बनेको चलचित्र ‘शत्रु गते’ यतिबेला चर्चामा रहेको चलचित्र हो । । त्यसमा पनि ‘रुपै मोहनी नारन रुपै मोहनी’ र पिरतीको बर्काे बोलको गीतले चलचित्रलाई झनै लाईमलाईटमा ल्याएको छ । यसबीचमा निकै रुचाईएको ‘रुपै मोहनी नारन रुपै मोहनी’ गीतले युट्युवमा एक करोड भ्युअर पाउँन सफल भएको छ ।

टंक बुढाथोकी र मिना निरौलाको आवाजमा रहेको उक्त गीतमा टंक बुढाथोकीको संगित र लोकराज अधिकारीको शब्द रहेको छ । चर्चा कमाईरहेको बेला गीतले चोरीको आरोपसमेत सहनु प¥यो । बरिष्ठ गायक कुमार बस्नेतको “रौसी खान जाम” गीतसंग मुखडाको केही नोट मिल्न गएपछि गीत चोरीको आरोप लागेको थियो । तथापी गीत निकै लोकप्रिय बन्यो ।

पुष १४ गते रिलिज भएको यस गीतले हालसम्म एक करोड ६ हजार २ सय २९ भ्युअर पाउँन सफल भएको छ भने ५१ हजार लाईक र ५ हजारले डिलाईक गरेका छन् । भिडियोमा दीपा श्री हरिवंश आचार्यको जोडीदेखि लिएर , प्रियंकाको जोडी दिपकराज र आँचलको जोडीकोरुपमा पल शाहको फिचरिङ रहेको छ ।

उनीहरुलाई कबिराज गहतराज र प्रविन सिंहले नचाएका हुन् । यस गीतको सुटिङमा मात्र १५ लाख खर्च गरिएको निर्माण युनिटको दाबी रहेको छ । प्रदिप भट्टराईले निर्देशन रहेको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपक९दीपा ,शिवहरी पौड्याल , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , बसुन्धरा भुषाल , किरण केसी , राजाराम पौड्याल , नरेन्द« कंसकार लगायतका हाँस्य कलाकारहरुको अभिनय रहेको छ । शत्रु गते आउँदो चैत ९ गतेदेखि प्रदर्शनमा आउनेछ ।