नायिका शिल्पा पोखरेल आफनो करियर र फिल्म भन्दा पनि निर्माता छबीराज ओझासंगको प्रेम र बिवाहको कारणले चर्चामा आउँने गर्छिन् । उनको निर्माणमा बनेको पहिलो चलचित्र ‘मंलगम’ रिलिजको संघारमा आईपुग्दा उनको र छबीको बिवाहको खबरले पनि स्थान पाईरहेको छ । मंगलमको प्रमोसनमा दौडिरहेकी शिल्पा भने जति बेला पनि छबीराजसंगको बिवाहको प्रश्नले हैरान भएपछि उनले छबीसंग एकसाथ अन्तरवार्ता दिन नै अस्वीकार गर्दे आईरहेको खबरले मिडिया तातेको छ ।

शिल्पाले प्रमोसनमा मंगलमको भन्दा बिहेको चर्चा भएपछि यस्तो गरेको बताईन्छ । लामो समय देखि प्रेममा रहेका छबी र शिल्पाको बिहे हेर्न सबै आतुर रहेको बेला यो प्रश्नले उनीहरु घेरिनु स्वभाविक नै हो । तर जब छबीराजको फिल्म आउँछ तब मात्र यी दुईको बिवाहको खबरले स्थान पाउँदा फिल्म चलाउँने फण्डा पो हो की भन्ने टिकाटिप्पणी पनि हुने गर्छ ।

त्यसोत यी दुईको बिवाह भईसकेको पनि चर्चा भने नभएको होईन् । कहिले मंगलम रिलिज भएपछि बिहे गर्ने त कहिले यो बर्षभित्र बिवाह गर्ने बताउँदै आएका छबीले बिवाह शिल्पाको कारण नै रोकिईरहेको बताउँदै आएका छन् । नारीप्रधान चलचित्र ‘मंगलम’ भने फागुन २५ मा रिलिज हुँदैछ । “पर्ख पर्ख मायालु” र “बम्पर उपहार” बोलको गीतबाट निकै चर्चामा रहेको ‘मंगलम’ मा शिल्पा पोखरेल ,नायकद्वय पुष्प खड्का , पृश्वीराज प्रसाईं र साम्राज्ञी राज्यलक्ष्मीको बिषेश भुमिका रहेको छ ।