सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

सलमानसंग नाच्ने भए यी कलाकार…

ब्लाष्ट खबर फागुन ९, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
सलमानसंग नाच्ने भए यी कलाकार…

बलिउड नायक सलमान खानको नेपाल दबंग टुर पछिल्लो समय निकै चर्चामा रहेको छ । सलमान खान जस्तो नायकको शो आफैमा चर्चामा आउँने शो त्यसमा पनि केही दिन अगाडी केही नेपाली नायिकाहरुले उक्त शोमा नाच्न नमानेपछि झनै चर्चा चुलिएको थियो । प्रियंका कार्की , स्वस्तिमा खड्का र अलिसा राईले सलमानसंग हिन्दी गीतमा कोरसमा नाच्नु पर्ने र आयोजकको प्रस्ताव शैली अपमानजनक भएको भन्दै यी तीन जनाले आफनो प्रस्तुती दिन अस्वीकार गरेका थिए ।

ओडिसीले आयोजना गर्न लागेको उक्त शोमा अब नेपाली कलाकारहरुको प्रस्तुती नै नरहने भन्ने चर्चा रहिरहेको बेला अर्का तीन जना कलाकारहरु सलमानको शोमा आफनो प्रस्तुती दिने भएका छन् । सुस्मा कार्की र माला लिम्बुले सलमानसंग नाच्ने भएका छन् भने चर्चित गायक राजेश पायल राईले पनि आफनो सांगेतिक प्रस्तुती दिने भएका छन् ।

प्रियंका , स्वस्तिमा र अलिसा राईले पारिश्रृमिकमा पनि चित्त नबुझेको कारण अफर अस्वीकार गरेका थिए भने हाल तय भएका कलाकारहरुको पारिश्रृमिक भने खुलेको छैन । फागुन २६ गते नेपाल आउन लागेका सलमानसंगै सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र ‘मिट ब्रदर्स’ को पनि आफनो प्रस्तुती दिने भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार