विभिन्न हतकाण्ड अपनाउँदै लाईमलाईटमा छाउँने गरेकी नायिका सुस्मा कार्की आफु चर्चामा नै आउँनको लागि कुनै कसर बाँकी राख्दिनन् । पर्दामा सेक्सी र ग्लामरस छबी पस्कनको लागि जस्तो पनि चलचित्रमा काम गर्दे आफनो करियरलाई धरापमा पारेकी सुस्मा यतिबेला फाट्टफुट्ट चलचित्रहरुमा देखिने गरेकीछिन् ।

फिल्ममा भन्दा बिदेशको स्टेज कार्यक्रममा व्यस्त हुने सुस्माले हालै रमाईलो छ युट्युव च्यानललाई दिएको अन्तरवार्तामा नायिका पुजा शर्माको अपमान गरेकीछिन् । प्रस्तोताले धेरै कलाकारहरुको नाम भन्दै जाँदा पुजाको नाम लिँदा सुस्माले “छ्या छ्या !! भयो कुरै नगराउँ” भन्ने जवाफ दिएकी थिईन् ।

त्यतीमात्र होईन उनले साम्राज्ञी , पल जस्ता कलाकारहरुलाई पनि एभरेज भन्ने प्रतिक्रिया दिएकी थिईन् भने प्रदिप खड्कालाई एक्टिङ नजान्ने तर फिल्म हिट हुने नायक भनेकीछिन् । हाल सफलताका साथ रिलिज भईरहेको कान्छीकी नायिका स्वेताको बारेमा पनि अभिनय मननपर्ने तर श्रीकृष्णको कारण सम्मान गर्ने बताईन् । जहाँसम्म पुजाको सवाल छ सुस्माले कसैले सोच्नै नसक्ने जवाफ भने दिएकी हुन् ।

त्यसोत कुनै समय सुस्मा निर्देशक सुदर्शन थापाको प्रेमिकाको रुपमा चर्चा थिईन् । यतिबेला पुजा सुर्दशनको सम्बन्ध चर्चा हुने गर्छ । यस्तोमा बिगत जे जस्तो भएपनि एउटा कलाकार भएको नाता त्यसमा पनि महिला भएकोले पनि महिला कलाकारको ईज्जत गर्नु आवश्यक छ तर हरेक कुरामा नौटंकी गर्न माहिर सुस्मालाई यो कुरा कसले सिकाउँने ???